aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

दुवै हात गुमाएकी मेघा घिमिरेलाई सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ असार २०७६
दुवै हात गुमाएकी मेघा घिमिरेलाई सहयोग

काठमाडौं । दुवै हात गुमाएकी किशोरी मेघा घिमिरेलाई नेपाल रिकन्डिसन व्यवसायी संघ  संघले सहयोग रकम हस्तान्तरण गरेको छ । मेघा घिमिरेलाई सहयोग स्वरुप ९२ हजार रुयियाँको चेक हस्तान्तरण गरिएको थियो । 

सेकेन्ड ह्यान्ड मोटरसाइकल तथा स्कुटरको कारोवार गर्ने व्यवसायीहरुको छाता संगठन नेपाल रिकन्डिसन व्यवसायी संघले राजधानीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सहयोग रकम हस्तान्तरण गरेको हो । 

संघका अध्यक्ष विएन पाठकले सभापतित्व गरेको कार्यक्रममा प्रमुख अतिथि काठमाण्डौ महानगरपालिका वडा नं ७ का अध्यक्ष शुद्धकुमार डंगोल  र विशेष अथितिहरु यातायात व्यवस्था कार्यालय गुर्जुधाराका शाखा अधिकृत रामचन्द्र दाहाल, प्रहरी नायव उपरिक्षकद्वय राजेन्द्र पोखरेल र प्रदिपकुमार भट्टराई, संघका महासचिव दिनेश महत लगायत स्थानीय निकायका अन्य पदाधिकारी र संघका सल्लाहकार रहेका थिए ।

संघमा आवद्ध १ सय ४० भन्दा बढी रिकन्डिसन व्यवसायीहरुले अन्तरक्रियामा सक्रिय सहभागिता जनाएका थिए । उनीहरुले रिकन्डिसन व्यवसायमा देखिएका समस्याको उचित समाधनका लागि पहल गरिदिन सरोकारवाला निकायका प्रतिनिधिहरुको ध्यानाकर्षण गराएका थिए । 

कार्यक्रममा बोल्दै संघका अध्यक्ष पाठकले रिकिन्डसन व्यवसाय राज्यको एक महत्वपूर्ण अंग भएर पनि उपेक्षामा पारिएको गुनासो व्यक्त गरे । साथै उनले देशभर रहेका रिकन्डिसन व्यवसायी एक ढिक्का भई संगठित रुपमा आफ्नो आवाज सरोकारवाला निकाय समक्ष राख्नु पर्ने धारणा व्यक्त गरे । 

अन्तरक्रियामा वोल्ने अधिकांश व्यवसायीहरुले हाल यो व्यवसायमा देखिएका समस्या र तिनको उचित समाधानका लागि स्थानीय तह, प्रहरी र यातायात व्यवस्था कार्यालयले खेल्नुपर्ने भूमिका लगायत विविध विषयका बारेमा आ–आफ्नो  जिज्ञाशा व्यक्त गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस