काठमाडौं । विश्व बैंकले नेपालको सार्वजनिक वित्तीय व्यबस्थापन सुधारोन्मुख रहेको बताएको छ । महालेखापरीक्षक टंकमणि शर्मा दंगाल र विश्व बैंक समूहकी भाइस पे्रसिडेन्ट तथा अडिटर जनरल अंकेडी एंगेलाको भेटका क्रममा नेपालको सार्वजनिक वित्तीय व्यवस्थापन सुधारोन्मुख रहेको र यस क्रममा विश्व बैंकले प्रशस्त सहयोग गरेको बताइकी हुन । ।
त्यसैगरी विश्व बैंकको सहयोगमा संचालित एकीकृत वित्तीय व्यवस्थापन सुधार कार्यक्रम अन्तर्गत महालेखापरीक्षकको कार्यालयमा लेखापरीक्षण मानदण्डको समसामयिक सुधार, लेखापरीक्षणलाई थप प्रभावकारी बनाई गुणस्तर सुधार, लेखापरीक्षणमा संलग्न हुने कर्मचारीको क्षमता अभिवृद्धि लगायतका कार्यहरु भईरहेको जानकारी गराइन ।
महालेखापरीक्षक टंकमणी शर्मा दंगालले तोकेको ढाँचामा सम्पूर्ण सरकारी कार्यालयहरुले लेखा अभिलेख राख्नुपर्ने र दिएका सुझावको कार्यान्वयन सम्बन्धित निकायले गर्नुपर्ने व्यवस्था रहेको जनाकारी गराएका थिए । महालेखापरीक्षक कार्यालयले सूचना प्रविधि सम्बन्धी सफ्टवेयरमध्ये नमूना छनौट गरी सिस्टम अडिट गर्दै आएको बताए ।
कार्यक्रममा उप–महालेखापरीक्षक रामुप्रसाद डोटेलले नेपालको संविधानमा भएको महालेखापरीक्षक सम्बन्धि व्यवस्था, कार्यालयका मूल्य मान्यता, दुरदृष्टि, गन्तव्य, संगठनात्मक संरचना, लेखापरीक्षणका विधि, प्रकृया, विद्यमान चुनौतिहरुका साथै विश्व बंैकले नेपालका सार्वजनिक आर्थिक प्रशासनमा गरेको सहयोग तथा सम्बन्ध लगायतका विषयमा प्रस्तुती गरेका थिए ।
प्रतिक्रिया दिनुहोस