aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

बेलुनमा बाँधेर कुकुर उडाउने चर्चित यू ट्युबर पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ जेठ २०७८
बेलुनमा बाँधेर कुकुर उडाउने चर्चित यू ट्युबर पक्राउ

काठमाडौँ। केही समय अघि काभ्रेमा एउटा खैरे कुकुरको निर्ममतापूर्वक हत्या गरेको भिडियो सार्वजनिक भएपछि सो कार्यमा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन समेत भएको थियो।  नेपाल प्रहरीले बाध्य भएर सो घटनाको छानबिन समेत गरेको थियो।  अहिले त्यस्तै घटनामा भारतका एक चर्चित यू ट्यूबर पुलिसको फन्दामा परेका छन्। बेलुनमा कुकुर बाँधेर उडाएको भिडियोको व्यापक आलोचना भएपछि भारतका चर्चित यू ट्यूबरलाई त्यहाँको प्रहरीले पक्राऊ गरेको हो। बीबीसीका अनुसार गौरव शर्माले हिलियम भरेको बेलुनको सहारामा कुकुरलाई उडाउने  प्रयास गरेका थिए। 

शर्मा भारतका चर्चित यू ट्यूबर हुन्। ३२ बर्षे गौरव शर्मा यूट्यूबमा धेरै प्रख्यात छन्। उनको यू ट्यूब च्यानल ४० लाख भन्दा बढीले सब्स्क्राइव गरेका छन्। गौरव शर्माले भिडियो बनाएर आफ्नो यूट्यूब च्यानलमा अपलोड गरेका थिए। त्यस लगत्तै धेरैले उनको सो कार्यको विरोध गर्दै सामाजिक सञ्जालमा आपत्ति जनाएका थिए। 

गौरवले सो भिडियो बनाउँदा आफूले सुरक्षाको ख्याल राखेको र सो को सही प्रबन्ध मिलाएको बताएका छन्। तर पनि सोशल मिडियामा जनताको आपत्तिपछि उनले त्यो भिडियो हटाएका थिए। भारतीय पुलिसका अनुसार जनावरहरूको अधिकारको क्षेत्रमा काम गर्ने एक गैर-सरकारी संस्था पीएफएको अगुवाइमा उनी विरुद्ध उजुरी परेपछि उनीहरूले शर्मालाई पक्राउ गरेका हुन्। 

 

प्रतिक्रिया दिनुहोस