
एजेन्सी। अमेजनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जेफ बेजोसले जुलाई ५ मा कम्पनीको कार्यकारी पद छोड्ने घोषणा गरेका छन् । पुस्तक बेच्न अनलाइन शपका रूपमा अमेजन सुरु गरेका बेजोसले बुधवार अब सो कम्पनीको सीईको रूपमा एन्डी जेसी पदभार लिने कुरा बताएका हुन्।
बीबीसीका वरिष्ठ टेक्नोलोजी रिपोर्टर डेव लीले उक्त कम्पनीको सेयर होल्डरहरूको बैठकमा बेजोसले जुलाई ५ आफ्नो लागि खास मिति भएकाले विशेष रहेको बताएको समाचारमा लेखेका छन्।
बेजोसले भनेका थिए की २७ वर्ष पहिले यही मितिमा सन् १९९४ मा उनले यो व्यापार सुरु गरेका थिए। गएको फेब्रुअरीमा बेजोसले आफूले कम्पनीमा आफ्नो पदबाट राजीनामा गर्ने खुलासा गरेका थिए तर कहिले पद छोड्ने चाहिँ बताएका थिएनन्।
एन्डी जेसी हाल कम्पनीको क्लाउड कम्प्युटिङ व्यवसाय प्रबन्धका रूपमा काम गरिरहेका छन् । ५३ वर्षीय एन्डी जेसी हार्वर्ड बिजनेस स्कुलमा आफ्नो पढाइ सिद्ध्याएपछि सन् १९९७ मा अमेजनसँग जोडिएका थिए ।
सीईओको पद छोडेपछि जेफ बेजोस कम्पनीको कार्यकारी अध्यक्ष हुनेछन्। कम्पनीका नयाँ उत्पादनहरू र अन्य अभियानहरूमा काम गर्नेछन्। वासिङ्टन पोस्टका अनुसार यो विश्वास छ कि उसले आफ्नो कम्पनी ब्लू ओरिजिनमा काम गर्ने छन् जुन अन्तरिक्ष अनुसन्धानमा काम गर्ने कम्पनी हो।
भारतीय पुलिसका अनुसार जनावरहरूको अधिकारको क्षेत्रमा काम गर्ने एक गैर-सरकारी संस्था पीएफएको अगुवाइमा उनी विरुद्ध उजुरी परेपछि उनीहरूले शर्मालाई पक्राउ गरेका हुन्।
प्रतिक्रिया दिनुहोस