
काठमाडौं । सरकारले नेपालबाट चार मुलुकका लागि नियमित उडान खुला गरेको छ । दुई छिमेकी मुलुक भारत र चीनसहित कतार र टर्कीमा अब सेड्युल उडान हुनेछन् ।
चीन, कतार र टर्कीमा भने १८ जेठबाट नियमित उडान खुल्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जानकारी दिए । उनका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यात्रुको बढी चाप हुने मुलुकमा उडान खोल्ने निर्णय गरिएको हो । यी गन्तब्यमा आएका मानिसको साथमा पीसीआर नेगेटिभ भएको रिर्पोट भने हुनुपर्नेछ ।
खोपको मात्रा पुरा गरेका यात्रु होम आइसोलेसनमा बस्न सक्नेछन् । अन्य यात्रुको हकमा भने अनिवार्य होटेल क्वारेन्टिनको व्यवस्था गरिएको छ ।कोरोना भाइरसको महामारी नियन्त्रण गर्न घोषित निषेधाज्ञाका बीच पछिल्लो एक महिनादेखि नेपालमा आन्तरिक तथा बाहृय दुबै हवाई उडान बन्द छ ।
चार वटा सेक्टरको सिमित अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय भएको छ । विहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चीन, टर्की, कतार र भारतका सिमित उडान खुलाका लागि मन्त्रीपरिषदमा निर्णयका लागि प्रस्ताव लगेको मन्त्रालयका सहप्रवक्ता प्रेम सुवेदीले आर्थिक न्युजडटकमलाई बताए । भारतमा भने उडान अहिले पनि यथावत रहेको उनले बताए ।
सहप्रवक्ता सुवेदीका अनुसार पर्यटन मन्त्रालयले आगामी १८ जेठदेखि चार क्षेत्रमा हप्ताको एक उडान नियमति गर्न माग भएको र साहि अनुसार मन्त्रीपरिषदबाट निर्णय भएको बताए ।
प्रतिक्रिया दिनुहोस