
काठमाडौँ। भोलि जेठ १५ गते शनिवार सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट अध्यादेश मार्फत सार्वजनिक गर्दै छ। यसको पूर्व सन्ध्यामा अध्यादेशद्वारा सार्वजनिक हुन लागेको बजेटबारे धेरै प्रतिक्रियाहरू आइरहेका छन्।
यस्तोमा पूर्ण बजेट ल्याउनु नहुने एकथरिको जोड छ भने पूर्ण बजेट ल्याएर हालका जटिल समस्याको समाधान गर्नुपर्ने अर्का थरी अर्थविद्को सुझाव छ। सरकार विरोधी दल समर्थकहरू भने कतै चुनावी सरकारले लोकप्रिय बजेट ल्याएर मतदातालाई प्रभावित गर्ने पो हो कि भन्ने चिन्तामा छन्।
यो पृष्ठभूमिमा बजेट आउनु भन्दा एक दिन अघि अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने कार्यक्रम राखेका छन्। आज जेठ १४ गते दिनको २ बजे अर्थ मन्त्रालयमा अर्थमन्त्रीले सो कार्यक्रम सके लगत्तै अपराह्न ४ बजे प्रधानमन्त्री केपी ओलीले बालुवाटार बाटै सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस