aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

यूरोप सुधारको बाटोमा, वेरोजगार दर ११ बर्ष यताकै निम्न विन्दु

  • एएफपी
    एएफपी
  • सोमबार, १६ असार २०७६
यूरोप सुधारको बाटोमा, वेरोजगार दर ११ बर्ष यताकै निम्न विन्दु

ब्रसेल्स ।  यूरोपक्षेत्रको वेरोजगार दर सन् २००८ पछि पहिलोपटक निम्न विन्दुमा झरेको सोमबार सार्वजनिक एक प्रतिवेदनमा बताइएको छ ।

यूरोको संयुक्त कारोबार गर्ने यूरोपका १९ मुलुकहरूमा ११ बर्षदेखि वेरोजगार दर घटाउन गरिएका बहुरूपी योजना र प्रयासबाट यहाँको रोजगारी वृद्धिमा सफलता मिलेको यूरो क्षेत्रका विश्लेषकहरूले बताएका छन् ।

विगत केही समयदेखि अमेरिका र चीनबीचको व्यापार तनावका कारण यूरोपको पनि आर्थिक वृद्धि दरलाई प्रभावित पारिरहेका समय यहाँको वेरोजगार दरमा क्रमशः सुधार देखिएको विश्लेषकहरूले बताएका छन् । तथ्याङ्कको लेखाजोखा राख्ने कम्पनी फ्याक्टसेटले यसपहिले प्रक्षेपण गरेको ७।६ भन्दा पनि ०।१ प्रतिशत अर्थात् ९७।५प्रतिशत०ले कमी आउनुलाई अर्थशास्त्रीहरूले सकारात्मक सुधारको रफ्तार भनी प्रतिक्रिया दिएका छन् ।

यूरोपेली संघका २८ सदस्य राष्ट्रहरूमा वेरोजगार दरबारे रेकर्ड गर्न थालिएको सन् २००० को तुलनामा एक दशांश प्रतिशत अङ्कले कमी आई ६।३ प्रतिशत कायम भएको फ्याक्टसेटको प्रतिवेदनमा उल्लेख छ । 

यूरोको कारोबार हुने उक्त क्षेत्रको वेरोजगार दर सन् २००७÷२००८ को विश्व आर्थिक सङ्कट शुरू हुँदाभन्दा पहिलेको अवस्थामा पुगेको छ ।

सङ्कटका समय वेरोजगार दर सन् २००८ को अप्रिलमा अत्यधिक १२.१ प्रतिशतमा पुगेको थियो भने यसबाट सन् २०१३ को मेसम्म कुनै सुधार आउन नसकेको तथ्याङ्कहरूले देखाएका छन् । 


यूरो क्षेत्रको आर्थिक सङ्कटमा क्रमशः सुधार आइरहेपछि सन् २०१६ को सेप्टेम्बरमा लामो समयपछि पहिलो पटक वेरोजगार दर एक अङ्कमा झरेको थियो ।

यूरोस्टाटको तथ्याङ्क अनुसार यूरोजोनमा मे महिनामा सबैभन्दा कम वेरोजगार दर चेक गणतन्त्र २।२ प्रतिशत रहेको देखिएको छ भने ग्रीसमा सबैभन्दा बढी १८।१ प्रतिशत रहेको छ । 

प्रतिक्रिया दिनुहोस