
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक भइरहेको छ । शुक्रबार अर्थमन्त्रालयमा भएको भर्चुअल कार्यक्रम मार्फत आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले लक्ष्य गरेअनुसारको आर्थिक वृद्धि हासिल हुन चुनौतीपूर्ण रहेको बताएका छन् ।
सरकारले चालु आर्थिक वर्षमा ४.०१ प्रतिशत रहने संशोधित अनुमान गरेको थियो । यो अनुमान पनि पुग्न चुनौतीपूर्ण रहेको अर्थमन्त्री पौडेलले बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस