aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

प्रतिव्यक्ति आय ११९६ डलर पुग्ने अनुमान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ जेठ २०७८
प्रतिव्यक्ति आय ११९६ डलर पुग्ने अनुमान

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय ११ सय ९६ डलर पुग्ने अनुमान गरेका हुन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै प्रतिव्यक्ति आय ११ सय ९६ डलर पुग्ने अनुमान गरेका हुन् । 

कुल राष्ट्रिय उत्पादनका नेपालीको प्रतिव्यक्ति आय ११ सय ९६ अमेरिकी डलर पुग्ने अनुमान गरिएको हो । अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै प्रतिव्यक्ति आय ११ सय ९६ पुग्ने अनुमान गरेका हुन् । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिव्यक्ती खर्चयोग्य आम्दानी ४.५ प्रतिशतले बढ्दै १४ सय ८६ डलर पुगेको बताएका छन् ।

यस्तै, अर्थमन्त्री पौडेलले कोभिड–१९ कारण अर्थतन्त्रमा आएको सुस्तताले वृद्धिको लक्ष्य भेट्न मुस्किल भएको बताए । केन्द्रीय तथ्याङ्क विभागले चालु आवको आर्थिक वृद्धिदर ४.०१ हुने बताएको थियो । उनले आर्थिक वृद्धिदरबाहेकका अर्थतन्त्रका अन्य परिसूचक भने सकारात्मक रहेको जानकारी दिए । 

मुद्रास्फीति नियन्त्रणमा रहेको र विप्रेषण आप्रवाह ८.६ प्रतिशतले बढेको पनि उनले बताए । आयात–निर्यातको अवस्था सन्तुलनमा रहेको अर्थमन्त्री पौडेलले बताए । 

यता, अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले निषेधाज्ञाअघिसम्म अर्थतन्त्रको वृद्धिदरले विगतको भन्दा राम्रो भए पनि पछिल्लो दिनको कोरोनाको दोस्रो लहरका कारण समस्या पैदा भएको बताए । उनले भने, “चालु आवको बजेटको मध्यावधि समीक्षामा करीब पाँच प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेका थियौँ, तर कोरोना नियन्त्रणका लागि निषेधाज्ञा लगाउनुपर्दा अर्थतन्त्रमा सङ्कुचन आएको छ ।” 

प्रतिक्रिया दिनुहोस