aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

निर्यात व्यापार १ खर्बको लक्ष्य नाघेकोः प्रधानमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ जेठ २०७८
निर्यात व्यापार १ खर्बको लक्ष्य नाघेकोः प्रधानमन्त्री

काठमाडौं । पहिलो पल्ट निर्यात व्यापार १ खर्बको लक्ष्य नाघेले व्यापार घाटा घट्दो रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै उनले देश भित्र रोजगारका अवसर बढ्दै र श्रमशक्ति बाहिरिने घट्दै गरेको बताएका हुन् । 

कोभिड माहामारी हुनु अगाडि आर्थिक वृद्धि आशा लाग्दो भएको माहामारीले यसलाई झट्का लागे पनि आफुहरुले समालेको बताए । यस अवधिमा ३ सय ३३ मेगावाट विद्युत उत्पादन थप भएको छ भने यसै आर्थिक बर्ष भित्र थप ५ सय मेगावाट विद्युत उत्पादन हुन लागेको समेत बताए । 

लोडसेडिङको अन्त्य पर्याप्त विद्युतको आपूर्ति र अतिरिक्त विद्युत बाह्य व्यापार सुरु भएको छ । ३ बर्षको अवधिमा नेपालीको औसत प्रतिव्यक्ति आय २५ प्रतिशतले वृद्धि भएको बताए । मानव विकास शुचकांकमा ५ प्रतिशतको बिन्दु सुधार भएको छ । कोभिड–१९ माहामारी बिच पनि निरपेक्ष गरिबीमा उलेख्य वृद्धि नभएको बताएका छन्  । 


 

प्रतिक्रिया दिनुहोस