aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सूचनाप्रविधि क्षेत्रमै मा ५ लाख रोजगारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ असार २०७६
सूचनाप्रविधि क्षेत्रमै मा ५ लाख रोजगारी

काठमाडौं । सूचनाप्रविधि क्षेत्रमा पाँच लाखभन्दा बढी रोजगारी सिर्जना हुन सक्ने देखिएको छ। नेपालका हरेक क्षेत्रलाई सूचना प्रविधिसँग जोड्न सके आउँदो पाँच वर्षभित्र ५ लाखभन्दा बढीलाई रोजगारी दिन सकिने भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी विज्ञ असगर अलीका अनुसार सरकारका हरेक संरचनालाई अटोमेसनमा लैजान सके सूचनाप्रविधि क्षेत्रमा पर्याप्तमात्रामा रोजगारी सिर्जना हुन सक्ने बताए। सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पाँच लाख युवालाई रोजगारी दिने घोषणा गरेको छ। त्यसको आधाभन्दा बढी युवालाई सूचनाप्रविधि क्षेत्रमै समेट्न सकिने सम्भावना रहेको अलीको भनाइ छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचनाप्रविधि क्षेत्रमा बढीभन्दा बढी युवालाई समेट्ने गरी गृहकार्य गरेको छ। मन्त्रालयले एक कार्यदल गठन गरी सूचनाप्रविधि क्षेत्रमा रोजगारीको अवस्था र सम्भावनाबारे अध्ययन गरेको थियो। सूचनाप्रविधि क्षेत्रमा रोजगारीका अवसरबारे अध्ययन गर्न गठित कार्यदलले विस्तृत अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।

कार्यदलले बुझाएको प्रारम्भिक प्रतिवेदनअनुसार हाल ६३ हजार जनशक्ति सूचना प्रविधिको क्षेत्रमा छ। सूचनाप्रविधि क्षेत्रमा केही सुधार गर्न सके तत्काल थप ८५ हजार रोजगारी सिर्जना हुन सक्ने कार्यदलले प्रारम्भिक अध्ययन गरेको थियो। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस