aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आज सूर्यग्रहण लाग्दै, गर्भवतीले भूलेर पनि गर्न नहुने सात काम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ असार २०७६
आज सूर्यग्रहण लाग्दै, गर्भवतीले भूलेर पनि गर्न नहुने सात काम

काठमाडौं । आज सूर्यग्रहण लाग्दैछ । यस वर्षको एक मात्र सूर्यग्रहण चार मिनेट ३३ सेकेण्डसम्म चल्ने संभावना रहेको छ । यो सूर्यग्रहण नेपालमा लगायत छिमेकी देशहरुमा भने देख्न सकिने छैन् । नेपालमा यही असार ३१ गते चन्द्रग्रहण र पौष १० गते सूर्य ग्रहण लाग्दैछ ।

दक्षिण अमेरिकाको द वेदर च्यानलका अनुसार, सूर्य ग्रहण ६ हजार माइलको दुरीबाट गुज्रनेछ । सूर्य ग्रहण प्रशांत महासागर र दक्षिण अमेरिकाबाट देखिनेछ । सूर्य ग्रहण चिली र अर्जेंटीनाको केहि हिस्सा र दक्षिण प्रशान्तको क्षेत्रमा देखिनेछ । दक्षिण अमेरिकाका केहि देशबाट आंशिक ग्रहण देखिनेछ । 

पौराणिक ज्योतिष मान्यताका अनुसार ग्रहणको समयमा मानिसले केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । यस्तोमा यो समयमा केही काम गर्न वर्जित गरिएको छ । विशेषगरी गर्भवती महिलाले यस विषयमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

यस किसिमका महिलाको लागि आफ्ना बच्चाको सुरक्षाको प्राथमिकता सबैभन्दा महत्वपूर्ण कुरा रहने गरेको छ । ग्रहण लागेको बेला गर्भवती महिलाले ध्यान दिनुपर्ने कुराहरुः 

१. ग्रहणको समयमा गर्भवती महिलाले तरकारी काट्ने वा कपडा सिलाउनेजस्ता काम गर्नुहुँदैन । यस किसिमको कामले गर्भमा हुर्किँदै गरेको बच्चामा शारीरिक दोष हुने आशंका हुन्छ ।

२. सुतक कालमा खाना पकाउने, खाने, श्रृङ्गार गर्ने र सुत्न पनि वर्जित मानिएको छ ।

३. ग्रहण सकिएपछि गर्भवती महिलाले स्नान नगरे बच्चामा चर्मरोग देखिनसक्छ ।

४. ग्रहणको समयमा कुनै शुभ वा नवीन कार्य गर्नुहुँदैन । यो कार्य पूरा हुने सम्भावना कम हुन्छ ।

५. ग्रहणको समयमा आफ्ना आराध्य देवको नाम स्मरण गर्नु राम्रो मानिन्छ । यो क्रममा कुनै देवी–देवताको मूर्ति वा तस्वीर, तुलसी र शमीको बिरुवालाई छुनुहुँदैन ।

६. ग्रहण सकिएपछि स्नान गरेर स्वच्छ वस्त्र लगाउनुपर्छ । ग्रहणको समयमा लगाएको वस्त्र नुहाएपछि लगाउनु हुँदैन ।

७. पौराणिक मान्यताअनुसार ग्रहणको क्रममा अन्नको जति दाना खाइन्छ, त्यति वर्षसम्म व्यक्तिले नरकको कष्ट भोग्नुपर्छ । 
 

प्रतिक्रिया दिनुहोस