aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

नयाँ प्रविधिमा सेलाइन गार्गल आरटी-पीसीआर परिक्षण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ जेठ २०७८
नयाँ प्रविधिमा सेलाइन गार्गल आरटी-पीसीआर परिक्षण

नयाँ दिल्ली । ग्रामीण क्षेत्रमा प्राय मानिसहरू पूर्वाधारको अभावका‌ कारण एक अर्काको नजिक बस्ने गर्छन। त्यस्तोमा कोविड १९ महामारीको घातक दोस्रो लहरले ग्रामीण क्षेत्रलाई बढी प्रभाव पारेको छ। उचित कोविड(स्वास्थ्य केन्द्रमा पुग्न उनीहरूले लामो दुरीको यात्रा तय गर्नु पर्ने वाध्यता छ।

वैज्ञानिक र औद्योगिक अनुसन्धान परिषद (सीएस-आईआर) अन्तर्गत नागपुर स्थित राष्ट्रिय वातावरणीय इंजीनियरिंग अनुसंधान इन्स्टिच्युट (नीरी)  का वैज्ञानिकहरूले विकास गरेको नयाँ परीक्षण प्रविधिबाट टाढा टाढाका गाउँमा बस्नेहरूको पीडा केही कम गर्न सकिन्छ।

सेलाइन गार्गल आरटी(पीसीआर एक सरल, द्रुत, र लागत प्रभावी कोविड (१९ परीक्षण विधि हो जुन न्यूनतम पूर्वाधार आवश्यकताहरूको साथ तत्काल परिणाम प्रदान गर्दछ। यस गैर-इनवेसिव प्रविधि अर्थात शरीरमा कतै घोच्न वा घुसाउन नपर्ने प्रविधिले चिकित्सा अनुसन्धान परिषद ९आईसीएमआर० बाट स्वीकृती पाइसकेको छ।

यस नवीनतम परीक्षण प्रक्रियाले गार्गल नमूनाहरू प्रयोग गर्दछ, जुन कोविड १९ संक्रमित पहिचान गर्न प्रयोग गरिन्छ। कुनै व्यक्तिको नाक वा घाँटीका स्वाबहरू जम्मा गर्न आवश्यक छैन। अन्य आरटी-पीसीआर परीक्षण उपकरण किटहरूमा जस्तो नमूनाहरू विशेष माध्यममा ट्रान्सपोर्ट गर्न आवश्यक पर्दैन। तसर्थ यो किट ग्रामीण क्षेत्रका लागि अति उपयुक्त हुने छ।

ूयस विधिमा सेलाइन घोल ले भरिएको एक साधारण संग्रह ट्यूब प्रयोग गर्दछ। बिरामीले यस घोल ले गार्गल गर्छ र घोल फेरि ट्यूब भित्रै हाल्छ। संकलन ट्यूबको यो नमूना प्रयोगशालामा लगिन्छ जहाँ यो कोठाको तापक्रममा नीरी द्वारा तैयार विशेष बफर घोलमा राखिन्छ। यस घोल लाई तताउँदा आरएनए टेम्प्लेट उत्पादन हुन्छ जुन रिभर्स ट्रान्स्क्रिप्शन पोलिमरेज चेन रिएक्शन (आरटी-पीसीआर) को लागी थप प्रक्रियामा लगिन्छ।”वरिष्ठ वैज्ञानिक, पर्यावरण वायरोलॉजी सेल, नीरी कृष्णा खैरनार ले विज्ञान र प्रविधि मंत्रालय द्वारा जारी एक विस्तृत प्रेस विज्ञप्ति मा बताए।

अर्को मुख्य कुरा भनेको सामान्य आरटी(पीसीआर विपरीत, यस प्रविधिले कम समयमा परिणाम दिन सक्छ। यसले फोहोरलाई कम गर्दछ र धेरै किफायती छ। आरएनए निष्कर्षणको आवश्यक पर्दैन, साधारण कोठाको तापक्रममा इनक्यूबेशन गर्न सकिन्छ।

“स्वाब संकलन विधिलाई समय चाहिन्छ। यसबाहेक, यो एक आक्रामक प्रविधि हो, यो बिरामीहरु को लागी धेरै असहज हुन्छ। संकलित नमूना केन्द्रमा पुग्नको लागि केही समय लाग्दछ। अर्कोतर्फ, सेलाइन गार्गल आरटी(पीसीआर विधि तत्काल, आरामदायक र बिरामी-अनुकूल छ। नमूनाकरण तुरुन्त गरिन्छ र ३ घण्टा भित्र परिणाम उत्पन्न हुन्छ। खैरनरले थपे।

नीरी लाई देश भरमा‌ यस प्रविधिलाई प्रयोग मा ल्याउन थप परीक्षण प्रयोगशालाहरूलाई तालिम दिन आग्रह गरिएको छ। नागपुर नगरपालिका निगमले यस विधिसँगै अगाडि बढ्नको लागि अनुमति दिएको छ, जसको अनुगमित परीक्षण प्रोटोकल अनुसार नीरीमा परीक्षण सुरु भएको छ।

नीरीका वातावरणीय भाइरोलजी सेल प्रयोगशाला वैज्ञानिक, अन्वेषक र टेक्नीशियनहरूले विदर्भ क्षेत्रमा बढ्दो कोविड १९ संक्रमणको बीचमा यस रोगी(अनुकूल प्रविधि को विकासको लागि कडा मेहनत गरेका छन्।

यदि पूरै भारतमा यसको प्रयोग हुने हो भने पक्कै पनि यसले एक महत्वपूर्ण प्रश्न ुग्रामीण भारतलाई महामारीको बिरूद्ध लड्न के चाहिन्छरुु को उपयुक्त जवाफ दिनेछ। इण्डिया न्युजनेटवर्क

प्रतिक्रिया दिनुहोस