aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

खोपका लागि २६ अर्ब ७५ करोड, अक्सिजन कम्पनीलाई ५० प्रतिशत अनुदान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ जेठ २०७८
खोपका लागि २६ अर्ब ७५ करोड, अक्सिजन कम्पनीलाई ५० प्रतिशत अनुदान

काठमाडौँ। सरकारले कोरोना नियन्त्रण र उपचारको लागी ठुलो लगानी गर्ने भएको हो। खोपका लागि २६ अर्व ७५ करोड रुपयाँ सरकारले छुट्याएको छ। त्यसै गरी कोरोना नियन्त्रण र उपचारको लागि ३७ अर्व ५३ करोड रुपयाँ बजेटमा विनियोजन गरिएको छ।  

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै  बताएका हुन्। राष्ट्रपतिद्वारा जारी बजेट अध्यादेश अर्थमन्त्री पौडेलले शनिवार अपराह्न वाचन गरेका हुन्।  

सरकारले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सिंहदरवारमा आयोजित कार्यक्रममा आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै गतवर्ष भन्दा यसवर्ष स्वास्थ्य क्षेत्रको बजेट वृद्धि गरिएको जानकारी दिए ।

उनले स्वास्थ्य क्षेत्रको एक खर्व २२ अर्ब ७७ करोड बजेट विनियोजन गरिएको बताए । उनले सरकारले कोरोना सङ्क्रमण न्यूनिकरणका लागि बजेट केन्द्रीकृत गरेको र बजेट अभाव हुन नदिने जानकारी पनि दिए । यस्तै सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि रु ३७ अर्ब ५३ करोड विनियोजन गरेको छ । यस्तै सरकारले कोभिड–१९ विरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।

कोरोनासँग सम्बन्धित स्वास्थ्य सुविधालाई सहयोग गर्ने थप ४ अर्व समेत सरकारले छुट्याएको छ।  यो रकमबाट निजी तथा सामुदायिक अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्दा लागतको ५० प्रतिशत अनुदान समेत दिने सरकारले घोषणा गरेको छ।  

उपचारमा संलग्न कर्मचारीलगायतका लागिहरुलाई प्रोत्साहन भत्तालाई निरन्तरता दिइएको छ। कोभिड उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ छुट्याएको छ। अक्सिजन प्लान्ट स्थापना गर्न चाहने कम्पनीलाई ५० प्रतिशत अनुदान, कर छुट र विद्युतमा ५० प्रतिशत छुट दिने बताएका छन् । 
 

 

प्रतिक्रिया दिनुहोस