aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

बढ्यो बृद्धभत्ता, मासिक ४ हजार पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ जेठ २०७८
बढ्यो बृद्धभत्ता, मासिक ४ हजार पुग्यो

काठमाडौं । सरकारले बृद्धभत्ता बढाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण गर्दै यस्तो बताएका हुन् । 

अर्थमन्त्री पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ  पुर्याएको बताए । साथै सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको उनले बताए । उनले सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरेको पनि जानकारी दिए । 

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत ल्याएको छ । अर्थमन्त्री पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयबाट बजेट वक्तव्य प्रस्तुत गर्दैछन् । चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको थियो । आर्थिक वर्ष २०७८ र७९ मा यो खर्च ४ अर्ब रुपैयाँ वृद्धि भएको छ । 

प्रतिक्रिया दिनुहोस