aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

निषेधाज्ञा अवधिमा विद्युत् महसुल छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ जेठ २०७८
निषेधाज्ञा अवधिमा विद्युत् महसुल छुट

काठमाडौं । सरकारले निषेधाज्ञा अवधिमा विद्युत् महसुल छुटको योजना ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण गर्दै यस्तो बताएका हुन् । 

अर्थमन्त्री पौडेलले भने, ‘निषेधाज्ञा अवधिभर घरायसी तथा साना विद्युत् उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत, मासिक १५० युनिटसम्म खतप गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने व्यवस्था मिलाएको छु ।’ 

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत ल्याएको छ । अर्थमन्त्री पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयबाट बजेट वक्तव्य प्रस्तुत गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस