aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

खाद्य कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र ग्यास खरिद गर्दा २० प्रतिशत छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ जेठ २०७८
खाद्य कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र  ग्यास खरिद गर्दा २० प्रतिशत छुट

काठमाडौं । निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट पाइने भएको छ ।

आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो घोषण गरेका हुन् ।निषेधाज्ञा अवधिभर दुई संस्थाबाट उपभोक्ताले खरिद गर्ने चामल, पिठो, दाल, नुन, चिनी र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट पाइने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस