
एजेन्सी । भारतमा एक मुस्लिम सांसदले सिन्दुर र मंगलसुत्र लगाएपछि आलोचना र समर्थन भइरहेको छ । त्रिणमुल पार्टीको तर्फबाट सांसद बनेकी मुस्लिम समुदायकी युवती नुसरत जहानले संसद बैठकमै सिन्दुर र मंगलसुत्र लगाएपछि समर्थन र आलोचना हुन लागेको हो । उनीबारे टिका टिप्पणी हुने क्रम नरोकिएपछि उनले जवाफ दिएकी छन् ।
संसद बैठकमै मंगलसुत्र र सिन्दूरमा संसद बैठक पुगेकी थिइन् नुसरत । त्यस क्रममा उनको टिप्पणी भएको हो । तर हालै उनले आफ्नो विश्वास र आस्थामाथि प्रश्न नउठाउन भन्दै आलोचकहरुलाई जवाफ दिएकी छन् । व्यवसायी निखिल जैनसँग विवाह गरेकी २९ वर्षीया नुसरतले कस्तो पहिरन लगाउने भन्ने आफ्नो व्यक्तिगत इच्छा भएको भन्दै आलोचना गर्नुको कुनै अर्थ नहुने बताईन् ।
सिन्दूर र मंगलसुत्र लगाएपछि उनीमाथि मुस्लिम समुदायका अनुयायीहरुले आफ्नो धर्मको अपमान गरेको टिप्पणी गरेका थिए । नुसरतले ट्वीट गर्दै आलोचनाको जवाफ दिदैं भनेकी छन्, ‘म स्वतन्त्र भारतको प्रतिनिधि हुँ । जुन धर्म, जाति र पन्थबाट पर छ । कट्टरपन्थीहरुको बयानमा ध्यान दिनु भनेको घृणा र हिंसा जन्माउनु हो ।’
उनले भनेकी छन्, ‘म मुस्लिम हुँ र रहनेछु । म के पहिरन लगाउँछु यसमा कसैलाई केही बोल्ने हक छैन । आस्थाको मतलब विश्वास हो ।’
मुस्लिम धर्मगुरुहरुले उनको खरो टिप्पणी गरेका थिए । नुसरतले सिन्दूर र मंगलसुत्र लगाएपछि उनले मुस्लिम धर्मको अनादर गरेको उनीहरुको टिप्पणी थियो ।
प्रतिक्रिया दिनुहोस