aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

भूमिहीन र सुकुम्बासीलाई आगामी आवभित्र जग्गाधनी प्रमाण पूर्जा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ जेठ २०७८
भूमिहीन र सुकुम्बासीलाई आगामी आवभित्र जग्गाधनी प्रमाण पूर्जा

काठमाडौं । सरकारले भूमिहीन, सुकुम्बासी, पूर्वकमलरी, पूर्व कमैया, हरुवाचरुवा र अव्यवस्थित बसोवासीलाई आगामी वर्षभित्र जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराउने भएको छ ।

आर्थिक वर्ष २०७८÷०७९ को बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले उक्त घोषणा गरेका हुन् ।
जग्गा उपलब्ध गराइनेहरूको अभिलेख संकलन, नाप नक्सांकन लगायतका काम सम्पन्न गरी आगामी आवभित्रै जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराइने अर्थमन्त्री पौडेलले बताए ।

त्यसका लागि ६८ करोड बजेट  विनियोजन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस