aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

विद्युतीय सवारी सञ्चालन गर्न ५०० चार्जिङ्ग स्टेसन बनाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ जेठ २०७८
विद्युतीय सवारी सञ्चालन गर्न ५०० चार्जिङ्ग स्टेसन बनाइने

काठमाडौँ। सरकारले विद्युतीय सवारीको संरक्षण र प्रवर्धन गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ। यसका लागि आवश्यक पर्ने ५०० वटा चार्जिङ्ग स्टेसन बनाउन सरकारले बजेट विनियोजन गरेको छ। 

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७७/७८ बजेट सार्वजनिक गर्दै  सो कार्यक्रमको घोषणा गरेका हुन्। चार्जिङ्ग स्टेसन निर्माण र सञ्चालनको लागि निजी क्षेत्रसँग सहकार्य गर्ने समेत अर्थमन्त्रीले बताएका छन्। 

त्यसै गरी काठमाडौँ उपत्यकामा साझा यातायात मार्फत १ सय वटा ठुला सार्वजनिक बस सञ्चालन गर्ने समेत उनले बताएका छन्। मुलुकका घना बस्ती भएका सहर रहेका स्थानीय तहले यदि सार्वजनिक विद्युतीय सवारी सञ्चालन गरेमा त्यस्तालाई पूरक अनुदान दिने समेत अर्थमन्त्रीले जनाएका छन्।  

 

प्रतिक्रिया दिनुहोस