
काठमाडौँ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गुणस्तरीय खानेपानीको व्यवस्थाका लागि ‘एक घर एक धारा’ कार्यक्रम सञ्चालन गरिने बताएका छन् ।
आगामी आर्थिक वर्ष २०७८/७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले सबैलाई आधारभूत खानेपानीको पहुँचमा पु¥याइने बताए ।स्वच्छ खानेपानीका लागि देशभर विभिन्न खानेपानी आयोजना सञ्चालन गरिने समेत अर्थमन्त्री पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस