aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

रेलमार्गका लागि १० अर्ब ३ करोड बजेट विनियोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ जेठ २०७८
रेलमार्गका लागि १० अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटले देशमा रेलमार्ग सम्बन्धी अध्ययन र विस्तारका लागि १० अर्ब ३ करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण गर्दै यस्तो बताएका हुन् । 

त्यस्तै, अर्थमन्त्री विष्णु पौडेलले काठमाडौं–केरुङ र रक्सौल–काठमाडौं रेलमार्गको आगामी आर्थिक वर्षभित्र विस्तृत अध्ययन सक्ने बताए । साथै, बजेटले टोखा–छहरेसहित बिभिन्न स्थानमा सुरुङमार्ग निर्माण शुरू गर्न पनि बजेट विनियोजन गरेको छ । 

त्यसैगरि, काठमाडौंको नागढुंगा–सिस्ने सुरुङमार्ग दुई वर्षमा निर्माण सकिने र यसका लागि ९ अर्ब ८५ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री पौडेलले बताए ।
 

प्रतिक्रिया दिनुहोस