
काठमाडौं । देशमा आर्थिक संकुचन हुँदै जाँदा गत वर्षभन्दा स्वीस बैंकमा नेपालीले धेरै पैसा थुपारेको देखिएको छ । स्वीस बैंकमा धन थुपार्ने राष्ट्रको सूचीमा यस वर्ष नेपाल १०९ औं स्थानमा पुगेको छ । गत वर्ष नेपाल ११२ औं स्थानमा थियो ।
स्वीस नेसनल बैंक (एसएनबी) को प्रतिवेदनअनुसार स्विट्वरल्यान्डको बैंकमा सबैभन्दा बढी पैसा संयुक्त अधिराज्य रहेको छ भने नेपालको छिमेकी मुलुक भारत ७४ औं स्थानमा छ ।
गत वर्ष स्वीस बैंकमा धन थुपार्ने भारत ७३ औं स्थानमा थियो । यसबाट गत वर्षभन्दा भारतका नागरिकले स्विस बैंकमा पैसा राख्न कम गरेको तर नेपालीले झन धेरै पैसा थुपारेको देखिन्छ ।
सूचीमा यसवर्ष पाकिस्तान ८२ औं स्थानमा, बंगलादेश ८९ औं स्थानमा, श्रीलंका १४१ औं स्थानमा, म्यानमार १८७ औं स्थानमा र भुटान १९३ औं स्थानमा रहेका छन् । एनएनबीका अनुसार स्वीस बैंकमा धन जम्मा गर्ने मामिलामा भारतीयहरु धेरै नै पछाडि छन् । स्वीस बैंकमा विदेशीले जम्मा गरिने कुल धनमा ०.०७ प्रतिशत मात्रै भारतीयको रहेको छ । २०१८ को अन्त्यसम्ममा स्वीस बैंकमा जम्मा भएको कुल रकमको २६ प्रतिशत संयुक्त अधिराज्यका नागरिकको थियो ।
स्वीस बैंकमा धन थुपार्नेमा संयुक्त अधिराज्यपछि दोस्रो स्थानमा अमेरिका रहेको छ । तेस्रोमा वेस्ट इन्डिज, चौथोमा फ्रान्स तथा पाँचौं स्थानमा हङकङ छ । स्वीस बैंकमा जम्मा करिब ७५ प्रतिशत धन शीर्ष १५ देशका मानिसको छ । जबकी ९० प्रतिशत धन शीर्ष ३० देशका मानिसको रहेको छ । कारोबार दैनिकमा समाचार छापिएको छ ।
प्रतिक्रिया दिनुहोस