
काठमाडौं ।सरकारले कर्मचारीको तलब बढाएको छ । शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब साउन १ देखि लागु हुने गरी मासिक २ हजार रुपैयाँ बढाइएको घोषणा गरेका हुन् ।
त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको रासन खर्च बढेको छ । उनीहरुले पाउँदै आएको रासन खर्चमा १५ प्रतिशतले बढेको अर्थमन्त्री पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस