aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

चुनावी सरकारको पपुलिष्ट बजेटमा पपुलर के के छन ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ जेठ २०७८
चुनावी सरकारको पपुलिष्ट बजेटमा पपुलर के के छन ?

काठमाडौं । चुनाव घोषणा गरेको सरकारले चुनावलाई प्रभाव पार्ने गरि बजेट ल्याएको छ । सरकारले ज्येष्ठ नागरिक भत्ता बृद्धि  गरि मासिक ४ हजार रुपैयाँ पुर्याएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने भएको छ । 

सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँ वृद्धि भएको छ । सरकारले आर्थिक वर्ष २०७८र७९ को बजेट भाषण मार्फत २०७८ साउनदेखि लागू हुने गरि सरकारी कर्मचारीको तलब वृद्धि गरिएको अर्थमन्त्री विष्णु प्रसाद पौडेलले घोषणा गरेका छन् । 

त्यस्तै,  शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने, ब्याजदर ५ प्रतिशत, स्टार्ट अफ सञ्चालन गर्ने युवालाई एक प्रतिशत व्याजमा २५ लाखसम्म ऋण दिने भएको छ ।  लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवालाई ५ प्रतिशत ब्याजदरमा सहुलियत दिन बजेट विनियोजन गरेको छ । 

त्यस्तै,  तरकारी, दूध र माछा९मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान पाउने,  विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार कर्जा र सिम कार्ड निःशुल्क दिने, निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट दिने अर्थमन्त्रीले घोषणा गरेका छन् । 

त्यस्तै, वर्षभित्र रासायनिक मल कारखाना स्थापनाका लागि काम सुरु गरिने, निषेधाज्ञामा खाद्य कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट,  विवादित गरिबी निवारण कोष खारेज, सरकारले विद्यार्थीहरुलाई ल्यापटप खरिदका लागि ८० हजार रुपैयाँसम्मको कर्जा १ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने भएको छ ।  

सरकारले नविकरण नभएका कम्पनीलाई सरकारले राहत दिएको छ । सरकारले आर्थिक वर्ष २०७८(७९को  बजेट भाषणमा मार्फत २०७८ असोज मसान्तसम्म जरिवानाको १० प्रतिशत शुल्क तिरेमा कम्पनीलाई लाग्ने अन्य शुल्क मिनाहा दिने अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । 

त्यस्तै, महाराजगञ्ज-धोबिखोला-चाबहिल-तिलगंगा खण्डको बिस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण प्रक्रिया थालनी गरिनेछ । ग्वार्को र सातदोबाटो र एकान्तकुना चोकमा फ्लाईओभर निर्माणकार्य आरम्भ गरिनेछ । चक्रपथ विस्तार तथा सुधारका लागि २ अर्ब ६४ करोड विनियोजन गरिएको छ ।

तारे होटल र सिमेन्ट कारखानाले बनाएको पहुँचमार्गमा सरकारले ७५ प्रतिशत शोधभर्ना दिने भएको छ । निजी क्षेत्रबाट संचालिन त्यस्ता योजनाहरुका लागि निर्माण भएको पहुँचमार्गमा लागेको लागतको ७५ प्रतिशत शोधभर्ना दिने निर्णय सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ को बजेटमार्फत गरेको हो ।

त्यसैगरि, सरकारले दैलेखको चुप्रामा संचालिन पेट्रोलियम अन्वेषण कार्य २ वर्षभित्र सम्पन्न गर्ने, मुस्ताङको लोमान्थाङमा रहेको युरोनियमलगायत रेडियोधर्मी पदार्थ संरक्षण र उत्खनन गर्ने, बैतडीमा फस्फराइड, दैलेखमा म्याग्नेसाइट, उदयपुर, ओखलढुंगा र तनहुँमा तामाखानी उत्खनन कार्य शुरु गर्ने सरकारले घोषणा गरेको छ ।

सरकारले विद्युतीय सवारी साधन प्रोत्साहन गर्न पाँच वर्षसम्म नवीकरण शुल्क र सडक दस्तुर छुट दिने भएको छ। सरकारले आगामी दश वर्ष भित्र पेट्रोलियम पदार्थबाट चल्ने हलुका सवारी साधनलाई विद्युतीय सवारी साधनले विस्थापित गर्ने रणनीतिक योजना कार्यान्वयनमा ल्याउने बजेटमा उल्लेख छ।

सरकारले आर्थिक वर्ष २०७८र७९ मा चलचित्र क्षेत्रलाई इजाजत एवं नवीकरण दस्तुरमा छुट दिने भएको छ। चलचित्रसँगै हस्तकला, हवाइ सेवा, सञ्चार गृह, विज्ञापन सेवा, हेल्थ क्लव, ब्युटी पार्लरले पनि इजाजत दस्तुर तिर्नुपर्ने छैन। उक्त उद्योगहरू स्वतः नवीकरण हुनेछन्।  

काठमाडौं उपत्यकामा मेट्रो रेल संचालन तथा अन्य भारत र चीनका सीमा क्षेत्रबाट नेपाल जोड्नको लागि संचालन हुने रेल सेवाको लागि सरकारले १० अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सार्वजनिक गाडीमा सञ्चालकको सम्पत्ति कम्पनीमा रुपान्तरण गर्ने बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । साथै, उनले सार्वजनिक गाडीमा अब विद्युतीय टिकटको व्यवस्था गर्ने बताए ।

श्रमजिवी पत्रकारका लागि ७ लाखसम्मको दुघर्टना बीमा उपलब्ध गराउने भएको छ । उक्त रकममध्ये ५० प्रतिशत सरकारले दिने उनले बताए । प्रेस काउन्सिलले वितरण गरेको पे्रसका प्रमाण पत्रका आधारमा देशभरका सरकारी अस्पतालले निःशुल्क उपचार गर्नु पर्ने उनले बताए ।

नेपाल टेलिकमको २२ प्रतिशत सेयर सरकारले ग्राहकको स्वामित्वमा लग्ने भएको छ । टेलिकममा सरकारको स्वामित्व कम गर्न टेलिकमका मोबाइल सेवा ग्राहक,टेलिफोन तथा इन्टरनेट सेवा ग्राहकलाई सेयर दिने भएको हो । सेयर मूल्य र सेयर निष्कासनको विषय असोज मसान्तसम्म टुंगो लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस