
काठमाडौं । असार १५ मा दुई फोटो निकै चर्चामा रहे । एउटा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको र अर्को धानको बिउले गोप्य अंग छोप्दै फोटो सुट गराउने युवतीको ।
भट्टराईले गोरखास्थित आफ्नै खेतमा रोपाईँ गर्नेक्रममा दाँदे लगाउँदै गरेको फोटोबारे विभिन्न चर्चा परिचर्चा भयो । तर सँगसँगै भाइरल बन्न पुगेको अर्को फोटो जुन शरीरका गोप्य अंग छोपेको सहितको फोटोसुट गराएको फोटोको अनेकन टिप्पणी भएपनि त्यो फोटो कसको हो भन्ने थाहा पाईएन् ।
परिचित अनुहार नभएकाले पनि कसको फोटो भन्नेमा समाजिक सन्जालमा अन्यौलता देखिन्थ्यो । तैपनि धेरैले विकृत जनाउने फोटो भन्दै टिकाटिप्पणी गरेका थिए भने केहीले यसलाई समान्य रुपमा लिइनुपर्ने बताएका थिए ।
यो फोटो त मोडल रितिका जिरेलको रहेको छ । उनले आफूले फोटोसुटलाई सामान्य रुपमा लिन आग्रह गर्दै यसलाई विवादको विषय बनाउन जरुरी नरहेको बताइन् ।
उनले आफ्नो एकल निर्णयले मात्रै यो फोटोसुट गराएको नभई अग्रज र साथीभाइसमेतको सरसल्लाहमा नयाँपन हुने सोचेर फोटोसुट गराइएको बताइन् । उनले फोटोसुटका लागि धानको बिउको ड्रेसअप तयार गर्न झण्डै ६ घण्टा लगाएकी थिईन् ।
उनले आफुले केही फरक गर्नुपर्ने भन्ने सोचका साथ यस्तो फोटोसुट गराएको बताईन् । पछिल्लो समय असार १५ का दिन गरिने नाटकलाई निरुत्साहित गर्न विरोध स्वरुप यस्तो गरेको बताएकी छन् ।
प्रतिक्रिया दिनुहोस