
काठमाडौं । सरकारले करिब २ खर्बले आकार बढाएर १६ खर्ब खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट थियो ।
सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ को लागि चालु खर्चतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ, ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ पुँजीगत खर्च र २ खर्ब ७ अर्ब ९७ करोड वित्तीय व्यवस्थाका लागि खर्च विनियोजन गरेको हो । त्यस्तै, प्रदेश तथा स्थानीय तहलाई वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब बजेट विनियोजन गरको छ ।
१० खर्ब २ अर्ब रुपैयाँ राजस्व र ६३ अर्ब ३७ करोड रुपैयाँ वैदेशिक अनुदानका अतिरिक्त अर्थमन्त्रीले बजेटमा उल्लेखित स्रोत जुटाउन ३ खर्ब ९ अर्ब रुपैयाँ बराबरको वैदेशिक सहायता र २ खर्ब ५० अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस