
काठमाडौं । सरकारले वर्षमा २० लाखसम्म कारोबार गर्नेलाई आय करमा ९० प्रतिशत छुट दिने घोषणा गरेको छ । आगामी वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले २० लाखदेखि ५० लाखसम्म करोबाबार गर्नेलाई आय करमा ७५ प्रतिशत छुट दिने घोषणा गरेका छन् । ५० लाख देखि १ करोडसम्म कारोबार गर्नेलाई आयकरमा ५० प्रतिशत छुट दिइएको छ ।
घरजग्गा बाहेक बढीमा बीस लाख रुपैयािँसम्मको पुँजी रहेको, उद्यमी स्वयं उद्योगको सञ्चालन र व्यवस्थापनमा संलग्न रहेको र उद्यमी सद्धहत बढीमा नौ जनासम्म कामदार रहेका उद्योगले यस्तो छुट पाउने छ । शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारमा आथिएक वर्ष २०७८/७९ को अनुमानित खर्च तथा आय विवरण पेश गर्दै यस्तो बताएका हुन ।
कोभिडबाट अत्याधिक प्रभावित होटल, ट्राभल, चलचित्र उद्योग, सञ्चार, हवाई कम्पनीको कर योग्य आयमा एक प्रतिशत मात्रै आय कर लाग्ने व्ववस्था गरिएको छ । ती उद्योगले अब १० वर्षसम्म नोक्सानी सार्न पाउने भएका छन् ।
प्रतिक्रिया दिनुहोस