aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

यस्तो छ बजेटको बाँडफाँड अनि कार्यक्रम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ जेठ २०७८
यस्तो छ बजेटको बाँडफाँड अनि कार्यक्रम

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट विनियोजन गरेको छ । अगामी आर्थिक वर्षको बजेटको आकार १६ खर्ब ४७ अर्ब ५७ करोड रहेको छ । जसमा चालुतर्फ ६ खर्ब ७८ अर्ब (४१.२ प्रतिशत), पुँजीगत तर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ (२२.७ प्रतिशत ) र वित्तीय व्यवस्थातर्फ २ खर्ब ९७ करोड रुपैयाँ (१२.६ प्रतिशत) बजेट विनियोजन गरिएको छ । 

त्यस्तै, प्रदेश र स्थानीय तहमा ३ खर्ब ८६ अर्ब रुपैयाँ वित्तीय हस्तान्तरण गरिने भएको छ । प्रदेश र स्थानीय तहमा हस्तान्तरण भएको कुल वित्तीय हस्तान्तरण मध्ये ८४ प्रतिशत चालु शीर्षकमा खर्च हुनेछ ।

बजेट समावेश गरिएका विषय यस्ता छन् :

–आर्थिक वृद्धिदर र मुद्रास्फ्रिती दर ६.५ प्रतिशत हुने अनुमान 

–कोभिड नियन्त्रणमा बजेट केन्द्रित,उपचार र खोप सुनिश्चितताका लागि बजेट कमी हुन नदिने’ 

–खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन 

–कोभिड महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन’ 

–मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयं सेविकाको यातायात भत्तामा शत प्रतिशत वृद्धि,अब मासिक १२ हजार रुपैयाँ पाउने’ 

– ढल्केबर,बर्दघाट र लम्कीमा ट्रमा सेन्टर निर्माणको लागि बजेट विनियोजन’ 

–सशर्त अनुदान तर्फ प्रदेशलाई ३७ अर्ब ८७ करोड र स्थानीय तहलाई १ खर्ब ७३ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । 

–प्रदेशलाई वित्तीय समानिकरण अनुदान ५७ अर्ब ५४ करोड र स्थानीय तहलाई ९४ अर्ब सामानिकरण अनुदान  विनियोजन गरेको छ ।

–पुरक अनुदान तर्फ १२ अर्ब ३७ करोड र बिषेश अनुदान तर्फ १२ अर्ब ४६ करोड विनियोजन भएको छ 

–निरोगी नेपाललाई नागरिक जागरण कार्यक्रम सञ्चालन गरिने, स्वास्थ्य वीमा अन्तर्गत ५० प्रतिशत घरपरिवारलाई पहुँच ल्याउनका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको 

–सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि, वृद्ध भत्ता ४००० पुग्यो 

–सामाजिक सुरक्षा कोषमा योगदानकर्ता र रोजगारदाताले योगदान गर्नुपर्ने जेठ र असार महिनाको योगदान रकम सरकारले व्यहोर्ने 

–युवालाई ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्मको कर्जाको व्यवस्था गरिने’ 

–सरकारी कर्मचारीलाई १० दिनको भ्रमण बिदा, निजीलाई प्रोत्साहन गरिने 

–निषेधाज्ञा अवधिभरको विद्युत् महसुलमा ५० प्रतिशतसम्म छुट 

–५ वर्षभित्र नेपाललाई चामलमा आत्मनिर्भर बनाइने 

–आगामी एक वर्षमा १ लाखलाई निःशुल्क तालिम दिने 

– रासायनिक मल कारखाना बनाउनको लागि तीन वर्षभित्र रासायनिक मल कारखाना खोल्नको लागि १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको 

–प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दुई लाख रोजगारी सिर्जना गर्न १२ अर्ब बजेट छुट्ट्याएको 

–सबै प्रदेशमा भू बैंक स्थापना, खाली जग्गा व्यावसायिक खेतीमा लगाइने 

–भूमिहीन दलित, सुकुम्वासी, जग्गाविहीनलाई आगामी आर्थिक वर्षमा जग्गाधनी पुर्जा उपलब्ध गराइसक्ने घोषणा 

–गरिबी निवारण कोष खारेज गर्ने 

–साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला उत्पादन तथा बिक्री वितरण रोक लगाउने 

–पेट्रोलियम पदार्थबाट चल्ने हलुका सवारी लाई २०८८ सम्म विद्युतीय सवारीले विस्थापन गरिने 

–मौसम सम्बन्धी सूचना प्रवाहका लागि सरकारले छुट्टै टेलिभिजन सञ्चालन गर्ने भएको छ । 

–मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालय आगामी वर्ष सञ्चालनमा ल्याइने 

–सरकारले निजी क्षेत्रसँग मिलेर मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने भएको छ ।उक्त अभियानमार्फत सिमेन्ट, औषधि र फलामे डन्डीमा निर्यात तथा प्रवर्धन गरिने  

–चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाइने 

–दलित, मुस्लिम र मुक्त कमलरी महिलालाई उच्च शिक्षासम्म सबै विषय पढ्नेका लागि निःशुल्क पढ्न पाउने व्यवस्था गरेको 

–बाल विकास केन्द्रका शिक्षक र कर्मचारीको तलब १५ हजार पुग्यो 

–चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिभरको विद्युत् शुल्क छुट, इजाजत तथा नवीकरण शुल्क पनि नलाग्ने 

–काठमाडौं उपत्यकामा सञ्चालित उद्योगलाई मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्रमा स्थानान्तरण गरिने 

–हुम्लाको सदरमुकाम सिमिकोटलाई आगामी वर्षमा राष्ट्रिय राजमार्गमा जोडिने 

–तीनकुने–जडीबुटीमा सुरुङ मार्ग निर्माणका लागि १ अर्ब ८० करोड रुपैयाँ विनियोजन

–पूर्वपश्चिम राजमार्गलाई सुरक्षा व्यवस्थासहित विस्तार गर्न १५ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ । 

–२ वर्षमा सबै सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट । 

–मुस्ताङमा युरेनियम सम्भाव्यताको अध्ययन गरिने । 

–झापाको दमकमा अन्तर्राष्ट्रिय रङ्गशाला । २ वर्षमा सम्पन्न हुने । 

–पूर्वपश्चिम रेलमार्ग सहितका रेलमार्ग आयोजनाका लागि १० अर्ब ३ करोड बजेट छुट्याएको  

–दार्चुलादेखि ताप्लेजुङसम्म हिमालय पदमार्ग बनाइने, 

–विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्दै काठमाडौंमा नयाँ १ सय वटा विद्युतीय बस सञ्चालन गर्ने 

–विद्युतबाट चल्ने घरायसी सामग्रीको भन्सार मूल्य घटाउने 

–१ लाख ६८ हजार घरका खरका छाना जस्तापाताले विस्थापित गरिने, अनुदान ७५ हजार 

–संसद् विकास कोषको नामले परिचित ‘स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम’ खारेज 

–साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम सञ्चालनमा ल्याइने । 

–ताप्लेजुङको सुकेटारस्थित विमानस्थललाई स्व.पर्यटन मन्त्री रवीन्द्र अधिकारीको नामबाट नामाकरण गरेको छ भने स्व. आङछिरिङ शेर्पाको नामबाट चुहानडाँडा विमानस्थलको नाम राखिने 

–भूकम्पपछिको पुनर्निर्माणका लागि ३३ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरेको छ  

–नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणा  

–२ वर्षमा सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिने 

–सुरक्षाकर्मीको राशन भत्ता १५ प्रतिशत भएको 

–सबै राष्ट्रसेवक कर्मचारीको तलब दुई हजार रुपैयाँले वृद्धि भएको छ भने १० लाखको दुर्घटना बिमा र  १ लाखको स्वास्थ्य बीमा हुने 

प्रतिक्रिया दिनुहोस