aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एकाविहानै काठमाडौंको सिनामंगलमा भयानक दुर्घटना, १६ जना घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ असार २०७६
एकाविहानै काठमाडौंको सिनामंगलमा भयानक दुर्घटना, १६ जना घाइते

काठमाडौं । एकाबिहानै सिनामंगलस्थित सूचना विभागको कार्यालय अगाडि माइक्रोबस एकापसमा ठोक्किएका छन् । दुर्घटनामा परि दुइवटै माइक्रो बसमा सवार १६ जना घाइते भएका छन् । उनीहरुमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

मंगलबार बिहान ७ बजे गौशालाबाट सिनामंगल जाँदै गरेको बा ४ ख ५१०० नम्बरको हायस र सिनामंगलबाट गौशाला जाँदै गरेको बा १ झ ९७७६ नम्बरको माइक्रो एकापसमा जुध्दा दुर्घटना भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं डिएसपी  होविन्द्र बोगटीले जानकारी दिए ।

घाइते हुनेहरुमा १३ जना पुरुष र ३ जना महिला रहेका छन् । घाइतेहरुमध्ये सशस्त्र प्रहरीका हवल्दार भरत खत्रीको टाउको चोट लागी गभ्मीर घाइते भएका छन् । यसैगरी, माइक्रोबस चालक हिमाल काफ्लेको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचार भइरहेको छ ।


 

प्रतिक्रिया दिनुहोस