aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

राष्ट्रिय गौरवको आयोजनाका लागि  दुई अर्ब बजेट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ जेठ २०७८
राष्ट्रिय गौरवको आयोजनाका लागि  दुई अर्ब बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को बजेटमा कैलालीमा निर्माणाधीन रानी— जमरा— कुलरिया सिँचाइ आयोजनाका लागि  दुई अर्ब ३५करोड रुपैयाँ विनियोजन गरेको छ । 

 राष्ट्रिय गौरवको यो आयोजनाको नौ किलोमिटर मूल नहर निर्माण आगामी वर्षमा पूरा गरिने जनाइएको छ । उक्त आयोजनाकै लम्की विस्तारतर्फको कान्द्रा खोलासम्म १५किलोमिटर मूल नहर र पाँच किलोमिटर शाखा नहर निर्माण गरिने लक्ष्य लिइएको छ । 

उक्त आयोजनाको आगामी तीन वर्षभित्र निर्माण पूरा गरिने लक्ष्य लिइएको र यसबाट २० हजार ३०० हेक्टर जग्गामा सिँचाइ पुग्ने लक्ष्य रहेको अर्थमन्त्री विष्णप्रसाद पौडेलले प्रस्तुत गरेको बजेट कार्यक्रममा उल्लेख गरिएको छ ।  सरकारको प्राथमिकताप्राप्त कञ्चनपुरमा निर्माणाधीन महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको निर्माणका लागि  एक अर्ब २५करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस