aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

कानून विपरित विकासका बहानामा दैनिक ४ अर्ब स्वाहा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ असार २०७६
कानून विपरित विकासका बहानामा दैनिक ४ अर्ब स्वाहा

काठमाडौं । ऐन र संसदीय समितिको निर्देशनविपरीत सरकारले बजेटको अत्यधिक रकम असारमा खर्च गरिरहेको छ। असारका १५ दिनको तथ्यांक हेर्दा दिनहुँ औसतमा साढे ४ अर्ब रुपैयाँका दरले बजेट खर्च भइरहेको कान्तिपुर दैनिकमा खबर छ ।

आर्थिक वर्षको सुरुका महिनामा खर्च नगर्ने र असार लागेपछि अत्यधिक खर्चिने प्रवृत्ति रोक्न यसै वर्ष संसद्को अर्थसमितिले अन्तिम महिनामा कुल बजेटको १० प्रतिशतभन्दा बढी खर्च गर्न नपाइने व्यवस्था गरेको छ। तर १५ दिनमै बजेटको ५.२१ प्रतिशत खर्च भइसकेकाले संसदीय समितिको निर्देशन र अन्य कानुनी व्यवस्था सरकारले उल्लंघन गर्ने निश्चित जस्तै छ।

असार १ गते २ अर्ब ५९ करोड ३४ लाख खर्च भएको थियो। असार सकिनै लाग्दा खर्चको आकार झन्झन् बढ्दो छ। असार १० गते एकै दिन ७ अर्ब १४ करोड ४७ लाख खर्च भयो। १५ गते त झन् १० अर्ब ३६ करोड ७२ लाख रुपैयाँ खर्च भएको छ।

प्रतिक्रिया दिनुहोस