
एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान शक्तिशाली विस्फोट भएको छ । विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने ६८ जना भन्दा बढी घाइते भएका छन् ।
विस्फोटक पदार्थ बोकेको एक कार राजधानी काबुलमा विस्फोटन भएको थियो । विस्फोटमा घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ ।
विस्फोटपछि आक्रमणबारीहरु एक निर्माणाधीन भवनमा छिरेका थिए । सोही स्थानमा सुरक्षाबल र आक्रमणकारीबीच दोहोरो गोली हानाहानसमेत भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
निर्माणाधीन भवनमा दोहोरो गोली हानाहानपछि पुगेका सुरक्षाकर्मीले घर घेरा हालेर स्थिति नियन्त्रणमा लिएको जनाइएको छ । घटनाको तालिवानले जिम्मेवारी लिएको छ । उसले अफगान सैनिकलाई लक्षित गरेर आक्रमण गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस