aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

४ हजार भारतीयको नेपाली नागरिकता रद्द गर्ने तयारीमा सरकार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ असार २०७६
४ हजार भारतीयको नेपाली नागरिकता रद्द गर्ने तयारीमा सरकार

काठमाडौं । पछिल्लो समयमा नेपाल सरकारले दोहोरो र नक्कली नागरिकता लिनेमाथि कडाइ गर्न सुरु गरेको छ । केही महिनापूर्व नवलपरासीमा ४ सय मानिसको नेपाली नागरिकता रद्द भएको थियो । 

यसपछि नेपालको गुप्तचर विभागले यस किसिमका मानिसको जानकारी संकलन गर्न थालेको थियो । यो प्रक्रियामा हालसम्म ४ हजार मानिसलाई नक्कली वा दोहोरो नागरिकता लिएको पहिचान गरिएको छ । 

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाका अनुसार नेपाल तथा भारत सरकारले आपसी सहयोगबाट गुप्तचर विभागका अधिकारीहरुलाई यस किसिमका शंकास्पद मानिसको सूची तयार गर्ने निर्देशन दिइसकेको छ । 

जसले दुवै देशको नागरिकता दिएका छन् वा नक्कली दस्तावेजको सहयोगमा नागरिकता लिएका छन्, उनीहरुका बारेमा यस किसिमको सूचना संकलन गर्न लागिएको बाँस्कोटाले बताए । 

नेपालको तराई जिल्लामा यस किसिमको जाँचलाई तीब्र बनाइएको छ । यसअनुसार नवलपरासी, कपिलवस्तु तथा रुपन्देहीमा करिब ४ हजार मानिसको पहिचान गरेर यसका बारेमा सरकारलाई रिपोर्ट पठाइएको छ । 

सन् १९९७ मा नागरिकता टोलीमा देखिएको अनिमिततापछि सर्वोच्च अदालतले नवलपरासीमा नेपाली नागरिकता दिन रोक लगाउने आदेश दिएको थियो । यसपछि गत १ मे मा नवलपरासीका ४ सय नेपाली नागरिकता रद्द गरिएको थियो । कारोबार दैनिकमा समाचार छ । 


 

प्रतिक्रिया दिनुहोस