aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

१० वटा अक्सिजन जेनेरेटर युनिट नेपाल आइपुग्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ जेठ २०७८
१० वटा अक्सिजन जेनेरेटर युनिट नेपाल आइपुग्दै

काठमाडौं । कोभिड–१९ को महामारीले निम्त्याएको विकराल अक्सिजन संकटलाई मध्यनजर गरी  बृहत नागरिक समाजको पहलमा फ्रान्सबाट १० वटा अक्सिजन जेनेरेटर युनिट नेपालमा झिकाइएका छन् ।  चाडै नेपाल आइपुग्ने वृहत नागरिक समाजले बताएको छ । 

 अमेरिकी नेपाल मेडिकल फाउन्डेशन, बतास फाउन्डेशन फाउन्डेशन, क्रिएसन, ह्युमानिटी फोउन्डेसन नेपाल, मिसन रिबिल्ड नेपाल, जगदम्बा स्टील, र स्याकार ट्रेड कम्पनी प्रा लिको संयुक्त सहकार्यमा र अन्य थुपै्र संघ–संस्थाहरुको सहयोगमा अक्सिजन संकटको चुनौतिलाई सामना गरि नेपालको क्षमतालाई बलियो बनाउनको लागि यो कार्यको सुरुवात गरिएको हो । कोभिड–१९ को महामारीको सम्बोधनका लागि बृहत नागरिक समाजको नेतृत्वमा गरिएको यो एक सबैभन्दा ठूलो पहल हो ।

कोभिड(१९ को दोश्रो लहरले गर्दा अगिल्लो एक हप्ता मै १०१० जना को ज्यान गएको छ । भाइरसको गम्भीरता त छँदै छ, धेरै बिरामीहरु अक्सिजनको अभावले गर्दा पनि उच्च जोखिममा छन् । यस्तो परिस्थितिमा अक्सिजनको आवश्यकता परेको समयमा अक्सिजन सिलिंडर मात्र नभएर अक्सिजन जेनेरेटर युनिटहरुको पनि खाँचो छ । कोभिड(१९को प्रकोप बढेकै कारण अवस्थित अक्सिजन जेनेरेटर पूरा प्रयोग मा आए तापनि अक्सिजनको अभाव अझै बढ्दो छ ।

एउटा अक्सिजन जेनेरेटरले २४ घण्टामा १५ वटा ४७ लिटरको सिलिन्डर भर्ने र ५० वटा बेडमा सेवा दिन सक्छ । १० वटा अक्सिजन जेनेरेटरले एक मिनटमा ३७५ लिटर अक्सिजन उत्पादन गर्छ । त्यसैले १० वटा अक्सिजन जेनेरेटर युनिट  स्थापना गरेमा एकदिनमा ६५० संक्रमितहरुलाई सेवा प्रदान गरि जीवन रक्षा गर्ने तथ्यांक देखिन्छ ।

नोभिएरको को ई.एन. प्रिमिएम आर.एक्ष. २७० अक्सिजन जेनेरेटर, नेपालको सात वटै प्रदेशमा स्थापना गरिनेछ । जेनेरेटर संचालनको लागि जुन स्थानबाट सबैभन्दा छिटो गर्न सकिन्छ त्यहाँबाट अक्सिजन उत्पादन प्रणालीको सुरुवात गरिनेछ । अक्सिजन जेनेरेटर एकपटक हस्तान्तरण भए पश्चात तोकेको स्थानसम्म लागिसकेपछि जडानका लागि तीन  दिन लाग्नेछ ।

अक्सिजन जेनेरेटर युनिटहरु नेपालमा आइपुग्ने क्रममा छ ।  यी अक्सिजन प्लान्टहरुले कोभिड–१९ को दोस्रो लहरको संकटमा तत्काल राहत प्रदान गर्नुका साथै नेपालको समग्र स्वास्थ्य प्रणालीमा सहयोग पुर्याउने छ । 

अक्सिजन फर नेपाल, कोभिड–१९ को दोस्रो लहरको संकटलाई सम्बोधन गर्ने सबैभन्दा ठूलो नागरिक समाज अभियान हो, जहाँ नेपाल र बिदेशमा रहेका संघ–संस्था र नागरिकहरु एउटै छातामुनि भेला भएका छन् । यस अभियानका साझेदारहरुले तत्कालिन अक्सिजन संकटलाई समाधान गर्न नेपालको सात वटै प्रदेशमा १० वटा अक्सिजन अक्सिजन जेनेरेटर युनिटहरु स्थापना गर्नेछन् ।

स्याकार ट्रेड कम्पनी प्रा लिका अध्यक्ष सौरभ ज्योति भन्छन्,“ज्योति ग्रुप अन्तर्गत स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. गर्व गर्छौ कि हामी एस अक्सिजन फोर नेपाल मा अरु एन. जी. ओ. र निजी कम्पनीसँग सन्लग्न भएर एस महामारी को बेलामा नेपाली जनतालाई राहत दिनको लागी १० वटा अक्सिजन प्लान्ट दिने भएका छौ । एस स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. को सिद्धान्त मा बसेर हामी हाम्रो समुदाय,समाज र राष्ट्र को लागी परिआएको बेला सधै सहयोग गर्न प्रतिबद्ध छौ । ” 

यस अभियानमाथि प्रकाश पार्दै, क्रिएसनका संस्थापक तथा अध्यक्ष, आनन्द मिश्रले भन्छन्, “ सानो सानो हातेमालोबाट सुरु भएको यो अभियानले आँटे जत्रो व्यापक चुनौती पनि सामना गर्न सकिन्छ भन्ने महत्वपूर्ण पाठ दिएको छ । सरकारी निकायको मुख ताकेर किंकर्तव्यविमूढ बस्नुभन्दा नीजि साझेदारीमा ठोस परिवर्तनवाहक बन्न हामी हरेक सक्षम रहेछौ । सबैको ऐक्यवद्धताले नै यो अभियान सफल भएकाले म सबै संस्था तथा व्यक्तिहरू, विशेष गरेर कोभिड अलायन्स फर नेपाल र सि–१९ आर ए टिलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।”

प्रतिक्रिया दिनुहोस