
चीनलाई हस्तान्तरण गरिएको २२ वर्ष पूरा भएको छ । हङकङ हस्तान्तरणको वार्षिकोत्सव मनाईरहँदा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । वर्षगाँठका समारोह नै त्यहाँ भएका हिंसात्मक विरोध प्रदर्शनहरूका कारण प्रभावित बनेका छन् ।
प्रदर्शनकारीहरूले विधायिकी परिषदको भवनमा जबरजस्ती पस्ने प्रयास गरेपछि झडपको अवस्था सिर्जना भएको हो । झडपका क्रममा प्रदर्शनकारीले नाली सफा गर्ने तरल पदार्थ छ्याप्दा १३ जना प्रहरी अस्पताल भर्ना भएका छन् ।
प्रहरीमाथि आक्रामक रुपमा उत्रिएका हजारौँ प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास तथा लाठी प्रयोग गरेको थियो । हङकङकी प्रमुख कार्यकारी नेतृ क्यारी लाम झण्डोत्तोलन समारोहमा सहभागी भइरहँदा सो क्षेत्रमा दंगा प्रहरी परिचालन गरिएको थियो ।
उनीहरूले प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने प्रयासस्वरूप पीपर स्प्रे अर्थात् आँखा पिरो पार्ने रसायन प्रयोग गरेका थिए । यसअघि हङकङमा दशौँ हजार बेइजिङ समर्थक प्रदर्शनकारीहरू पनि प्रहरीको समर्थनमा ¥यालीमा सहभागी भएका थिए ।
सेतो र नीलो रंगका लुगा लगाएका प्रदर्शनकारीहरूले चिनियाँ झण्डा बोकेका थिए । हङकङमा एक महिनायता लगातारजस्तो प्रदर्शन भइरहेको छ । सुपुर्दगीसम्बन्धी विधेयकको विरोधमा लामो समयदेखि प्रदर्शन जारी छ ।
कुनै आपराधिक घटनाका सन्दिग्धहरूलाई अभियोजनका लागि मुख्यभूमि चीन पठाउने सकिने प्रस्तावित व्यवस्थाको विरोधमा बिशाल प्रदर्शनहरु भएपछि त्यसलाई हङकङ सरकारले फिर्ता लिएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस