
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अबैध सुन सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार १२ः५० बजे Thai Airlines मा थाईल्याण्डबाट काठमाण्डौ आएकी कम्बोडियन नागरीक ४५ वर्षिय THEAVY UY र भेतनाम की ६९ वर्षिय VOTHI NUOI लाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
विमानस्थलको पार्किङ एरियामा चेकजाँच गर्ने क्रममा THEAVY UYको साथबाट सुनको बाला ४ थान र लकेट १ थान गरी ९ सय ३५ ग्राम र VOTHI NUOIको साथबाट सुनको बाला २ थान र लकेट २ थान गरी ७ सय ४८ ग्राम अबैध सुन सहित नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस