नदी किनारका बस्ती र बजार क्षेत्रमा पहिलेको तुलनामा माछा अभाव हुन थालेपछि तामाकोसीमा माछा घट्नुको कारण खोजी गर्न थालिएको छ। केही वर्षअघिसम्म बाह्रैमास यो नदीमा माछा पाइन्थे। केही वर्षयता नदीमा डोजर प्रयोग, पहिरो साथै जलविद्युत् आयोजनाका कारण माछा घटेको आशंका छ।
गौरीशंकर संरक्षण क्षेत्र र माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले नदीको सिंगटीदेखि माथिल्लो क्षेत्रमा नदीभित्र माछाको अवस्थाबारे खोजी गर्न थालेका छन्। संरक्षण क्षेत्रले च्छोरोल्पा हिमतालदेखि सिंगटीसम्म र वरपरका नदीनालामा माछाको अवस्था अध्ययन गर्न परामर्शदाता कम्पनीमार्फत विज्ञ टोली खटाएको छ।
यस्तै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले लामाबगरदेखि जगतसम्म छुट्टै टोली खटाएर आयोजना क्षेत्रभित्र माछाको संख्या र अवस्थाबारे अध्ययन गरिरहेको छ।
संरक्षण क्षेत्रभित्र जलचर संरक्षण कार्यक्रमअन्तर्गत माछाको अवस्था अध्ययन थालिएको आयोजना प्रमुख सत्यनारायण शाहले जानकारी दिए। ‘यो क्षेत्रमा पहिले निकै माछा पाइन्थे,’ उनले भने, ‘अहिले माछा मारेर जीविकोपार्जन गर्नेले समेत जालमा पर्नै छाडेको बताउन थालेका छन्। आजको नागरिक दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस