aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

कोरोना ल्याबमा नै बनेको बेलायती गुप्तचरको पनि दाबी, चीनमाथि पर्‍यो ठुलो दबाब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ जेठ २०७८
कोरोना ल्याबमा नै बनेको बेलायती गुप्तचरको पनि दाबी, चीनमाथि पर्‍यो ठुलो दबाब

एजेन्सी। अमेरिका पछि अब बेलायतको गुप्तचर एजेन्सीले पनि चीनको प्रयोगशालाबाट कोरोना भाइरस बाहिरिएपछि महामारी सुरु भएको हुन सक्ने विश्वास  गरेको छ। बेलायती खोप मन्त्री नदीम जहावीले कोरोना भाइरसको स्रोत पत्ता लगाउन विश्व स्वास्थ्य सङ्गठनसँग पूर्ण अनुसन्धानको माग गरेका छन्।

जहावीले भनिन्, "यो महत्त्वपूर्ण छ कि डब्ल्यूएचओलाई यसको अनुसन्धान पूरा गर्न अनुमति दिइनेछ ताकि कोरोना भाइरसको स्रोत फेला पर्न सकियोस्। हामीले यसमा कुनै कसर बाँकी राख्नु हुँदैन। "

कन्जर्वेटिभ सांसद टम टुगेटले पनि यस रिपोर्टमा ढिलाइ नगरी प्रतिक्रिया देखाएका छन्। उनले भने, "वुहानको मौनता खलबलिएको छ। भविष्यमा आफैलाई बचाउन र वास्तवमा के भयो भनेर जान्न पनि यसको रहस्य खोल्नु आवश्यक छ।”

केही दिन अघि एक अमेरिकी गुप्तचर रिपोर्टले दावा गर्‍यो कि वुहान ल्याबका तीन अनुसन्धानकर्ताहरू महामारीको अघि बिरामी परेका थिए र उनीहरूका लक्षणहरू कोभिड-१९ को जस्तै थिए।

यस रिपोर्टको खुलासा भएपछि अमेरिकी राष्ट्रपति जोवाईडेनले गुप्तचर एजेन्सीहरूलाई ९० दिनभित्र कोरोना भाइरस मानिसमा कसरी फैलियो भनेर पत्ता लगाउन आदेश दिएका छन्।

यद्यपि चीनले यस रिपोर्टलाई 'पूर्णतया झूटा' भन्दै वुहान ल्याबको एक जना पनि कर्मचारी हालसम्म कोरोनामा सङ्क्रमित नभएको बताएको छ। कोरोना भाइरसको स्रोत महामारीको सुरु देखि नै बहसको विषय बन्दै आएको छ।

केही वैज्ञानिकहरू र नेताहरू सुरुमा डराएका थिए कि यो भाइरस चीनको वुहानको प्रयोगशालाबाट सुरु भएको हुन सक्छ। वुहानको इन्स्टिच्युट अफ भाइरोलोजी  समुद्री खाना बजारको नजिक छ जुन २०१९ को अन्त्यमा कोरोना सङ्क्रमणको पहिलो केन्द्र बन्यो।

कोरोना भाइरसको उत्पत्तिको प्रयोगशाला चुहावट सिद्धान्त सुरुदेखि नै विवादास्पद रहेको छ र चीनले यसलाई सधैँ अस्वीकार गरेको छ। चीनले भाइरस सम्बन्धी अनुसन्धानमा सहयोग नगरेको पनि आरोप लगाइएको छ। तर, बेलायती गुप्तचरको रिपोर्टपछि चीनलाई ठुलो दबाब परेको छ। 

यस वर्षको सुरूमा विश्व स्वास्थ्य सङ्गठनको टोली वुहान गयो र यसको अनुसन्धान गर्ने प्रयास गर्‍यो। यद्यपि डब्ल्यूएचओ टोलीले वुहानबाट फर्केपछि आफ्नो रिपोर्टमा भनेको छ कि कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाट बाहिरिएको भनेर प्रमाणित गर्न पर्याप्त प्रमाण छैन।  (बीबीसी हिन्दीको सहयोगमा) 

प्रतिक्रिया दिनुहोस