aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

लुम्बिनीमा दृगनारायण पाण्डेय राष्ट्रिय सभा सदस्य निर्वाचित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ जेठ २०७८
लुम्बिनीमा दृगनारायण पाण्डेय राष्ट्रिय सभा सदस्य निर्वाचित

बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् ।

पाण्डेयले खड्कालाई ५४६ मतभारले हराएका हुन्। पाण्डेयले  ४१४० मत ल्याए भने खड्काले  ३५९४ मत पाए। आजको मतदानमा २९७ जनाले मतदान गरेका थिए। त्यसमध्ये स्थानीय तहतर्फ खसेको २१२ मध्ये १ मत बदर भएको थियो। २११ मतमध्ये  पाण्डेयले ११८ मत पाए भने एमालेका उम्मेदवार  खड्काले ९३ मत ल्याए। प्रदेश सभाका ८३ मतमध्ये पनि एक मत बदर भएको थियो। पाण्डेयले ४२ मत पाएका थिए भने खड्काले  ४० मत ल्याएका थिए। 

कांग्रेस उम्मेदवार पाण्डेयलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम-उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो।

 

प्रतिक्रिया दिनुहोस