aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

समता सञ्चालक सञ्जेल पत्नीसहित ३ विरुद्ध कर्तव्य ज्यानमुद्दा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ असार २०७६
समता सञ्चालक सञ्जेल पत्नीसहित ३ विरुद्ध कर्तव्य ज्यानमुद्दा

काठमाडाैं । गत असार ३ गते रामेछाप दोरम्बाकी २७ वर्षीया बिमला तामाङले अस्पतालमा बन्द काेठा भित्र झुण्डिएकाे अवस्था मृत भटिएपछि  घटना अनुसन्धान गर्न प्रहरीले बौद्धस्थित समता अस्पताल सञ्चालक उत्तम सञ्जेलकी श्रीमतीसहित तीन जनालाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार उत्तम सञ्जेल पत्नी कला अधिकारीसहित अस्पतालकै कर्मचारी पितकुमारी श्रेष्ठ र संगीता केसीविरुद्ध कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालेको हो । तामाङलाई आत्महत्या गर्न बाध्य गरेको पाटोमा अनुसन्धान आवश्यक देखिएकाले कर्तव्य ज्यानमुद्दा चलाइएको परिसरका प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।

अस्पतालभित्रै आत्महत्या गरेकी तामाङको साथबाट कला अधिकारीसहित केही कर्मचारीको नाम उल्लेख गरिएको सुसाइड नोट भेटिएको थियो ।

कागजमा तीर्थ र संगीताको नाम अंग्रेजी अक्षरमा लेखिएको थियो भने तेस्रो अक्षर ‘म्याम’ थियो । सो सुसाइड नोटको कागजलाई परीक्षण गर्न विधि विज्ञान प्रयोगशाला पठाइएको छ ।

तामाङले आत्महत्या गरेपछि आक्रोशित स्थानीय र तामाङको आफन्तलले अस्तालमा तोडफोड र नाराबाजी समेत गरेका थिए । तामाङको परिवारले भने आत्महत्या नभएको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस