
काठमाडौं । अर्थशास्त्री डा गोबिन्दबहादुर थापाको निधन भएको छ । गंगालाल अस्पतालमा उपचारत डा. थापाको मंगलबार बिहान कोरोना संक्रमणका कारण निधन भएको हो।
उनकी श्रीमति पनि पनि कोरोना संक्रमण छिन । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक समेत रहेका थापा एसियाली विकास बैंकको नेपाल प्रतिनिधि भएर काम गरिसकेका छन । नेकपा(एमाले)को अर्थ तथा योजना विभागमा रहेर काम गर्दै आएका डा.थापा तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीको आर्थिक सल्लाहकार समेत थिए ।
प्रतिक्रिया दिनुहोस