aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

‘सरकारले ल्याएको नीतिले पेट्रोलियम पदार्थको अत्यधिक आयात रोक्नेछ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ जेठ २०७८
‘सरकारले ल्याएको नीतिले पेट्रोलियम पदार्थको अत्यधिक आयात रोक्नेछ’

काठमाडौं । सुन्दर ट्रेडर्स प्रालीले सरकारको नीतिले पेट्रोलियम पदार्थको अत्यधिक आयात रोक्न र विद्युत् उपभोग बढाउन सहयोग पुग्ने विश्वास रहेको जनाएको छ । 

आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत विद्युतीय सवारी साधनको उपयोगलाई प्रोत्साहन गर्ने र त्यसका लागि २०८८ सम्म पेट्रोलियम पदार्थबाट चाल्ने हलुका सवारी साधनलाई विद्युतीय सवारी साधनले विस्थापन गर्ने नीति लिएको छ । 

विगत तीन वर्षदेखि नेपालमा पहिलो पटक विद्वतीय सार्वजनिक सवारी सञ्चालन गर्दै आएको सुन्दर यातायात प्रालिले पटक पटक उठाउँदै आएका मागहरू विद्युतीय सवारीको आयातमा लगाइएको अन्त शुल्क खारेज गर्नुपर्ने र भन्सार महसुल घटाउनुपर्ने कुराको सम्बोधन यो पटक हुनुलो अब निकट भविष्यम विद्युतीय सवारी साधनको बढोत्तरी हुने विश्वास गर्न सकिने जनाएको छ । 

यो पटक सरकारले पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीय सवारी साधनमा रूपान्तरण गरेमा पाँच वर्षसम्म नवीकरण शुल्क र सडक निर्माण तथा सम्भार दस्तुरसमेत छुट दिने भएको छ । यसका साथै विद्युतीय सवारी साधन उत्पादन एव एसेम्बलिङ गर्ने विश्वका उत्कृष्ट कम्पनीलाई उद्योग स्थापना गर्न आकर्षित गर्नका लागि कर सहलियतका अतिरिक्त आवश्यक पर्ने जग्गा सरकारले नि शुल्क लिजमा उपरान्छा गराउने नीती हामीलाई थप उत्साहित बनाएको छ । 

यसबाट स्वदेशमै रोजगारी सिर्जना गर्न र सवारी साधनलाई सुपथ बनाउन पनि सहयोग पुग्ने हाम्रो विश्वास लिएको जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस