aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

जेठ अन्तिमसम्म निषेधाज्ञा रहने, यी क्षेत्रमा खुकुलो पारिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ जेठ २०७८
जेठ अन्तिमसम्म निषेधाज्ञा रहने, यी क्षेत्रमा खुकुलो पारिने

काठमाडौं । जेठ मसान्तसम्म लकडाउन लम्बिने भएको छ। उपत्यका तीन जिल्लाको प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैंठकले जेठ २१ गतेदेखि जेठ मसान्तसम्म लकडान लम्ब्याउने  विषयमा छलफल भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले आर्थिकन्यूज डटकमलाई बताए ।

खाद्यान्न, किराना पसल, खाद्यान्न मात्र बिक्री गर्ने डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिनेबारे छलफल भएको उनले बताए । निर्माण कार्यलाई भने आवासीय क्षेत्रमा नै कामदार राखेर निर्माण कार्य अगाडि बढाउन दिनेबारे छलफल भएको उनले जानकारी दिए। त्यसैगरी जेठ अन्तिमसम्म निशेधाज्ञा जारी राख्ने बिषयमा उपत्यकाका तीनजना सिडिओबीच भएको छलफलमा एकमत रहेको पनि जिल्ला प्रमुख निरौलाले बताएका छन् । 

उनले भने, 'अहिलको  निषेधाज्ञामा निषेध गरिएका खाद्यान्न र किराना पसल, बैंक तथा वित्तीय संस्था र सार्वजनिक सेवाका कार्यालयहरु सञ्चालन गर्न दिने गरि निषेधाज्ञा थप्ने तयारी रहको छ ।' 

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठकले एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप्नुपर्ने निष्कर्ष निकालेको र यसको निर्णय भोलि बुधबार विहान सार्वजनिक गर्ने उनले बताए । अघिल्लो साता बन्द गरिएका खाद्यान्न र किराना पसललाई खोल्न दिईने भएको छ। 

प्रतिक्रिया दिनुहोस