aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

खोप लगाएका र नलाएका बिच किन यस्तो विभेद ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ जेठ २०७८
खोप लगाएका र नलाएका बिच किन यस्तो विभेद ?

एजेन्सी।  आखिर विश्वव्यापी रूपमा जे चिन्ता थियो त्यो सुरु भएको छ। कोरोना विरुद्धको खोप लगाएका र नलगाएका गरी दुई तहमा समाज विभक्त हुने भन्दै गरिएको चिन्ताको पहिलो घटना अमेरिकामा देखिएको छ।  

कोरोना विरुद्धको खोप लगाएका मानिसहरूले सबै सुविधा र आनन्द प्राप्त गर्ने र सो खोप नलगाएकाहरू धेरै अवसरबाट वञ्चित हुनुपर्ने अवस्था आएको हो। यसको ताजा उदाहरणको रूपमा अमेरिकाको फ्लोरिडा राज्यमा देखिएको छ। त्यहाँ 'ताम्पा वे' मा आयोजना हुन लागेको एउटा रक शोका लागि कन्सर्ट प्रमोटरले खोप लगाएकाहरूको लागि प्रति टिकट १८ डलर र खोप नलगाएका फ्यानहरूको लागि ९९९ डलर शुल्क तोकिएको टम्पा एबीसी सम्बद्ध डब्ल्यूएफटीएसले आफ्नो समाचारमा उल्लेख गरेको छ।

"डिस्काटको लागि योग्य हुन तपाईँले सरकारले जारी गरेको फोटो, आइडी र तपाईँको फिजिकल कोभिड - १९ खोप लगाएको रेकर्ड कार्ड ल्याउनु पर्छ" कन्सर्ट आयोजकले जारी गरेको सूचनामा लेखिएको छ। त्यो सूचनामा स्पष्ट रूपमा खोपको दोस्रो डोज लगाएको हुनुपर्ने समेत उल्लेख छ। फाइजर वा मोडर्नाको दोस्रो डोज र जोन्सन एण्ड जोन्सनको लगाएको भए एक डोज खोप लगाएको हुनुपर्ने किटान सो सूचनामा छ। 

छुट पाउन जुन १२ तारिक भन्दा अगाडी उक्त खोप लगाएको हुनु पर्ने छ। सो कन्सर्ट जून २६ मा सेन्ट पीटर्सबर्गमा हुनेछ। यसमा लोकप्रिय तीन वटा रक ब्यान्डले आफ्नो प्रस्तुति दिनेछन्।  

"हामी सबैले खोप लगाएका छौँ। हामी सबैलाई खोप लगाउन हौसला दिन्छौँ ताकि हामी तपाईँलाई 'ताम्पा वे' देख्न सक्छौँ," किशोर कारागारका गायक रे कारलिसले डब्ल्यूएफटीएसलाई भने।

कोरोनाले समाजमा व्यापक असमानता सिर्जना गरेको यो अर्को उदाहरण हो। भ्याक्सिन लगाएका प्रमाणपत्रहरू जहाँ जहाँ प्रयोग गरिन्छ त्यहाँ सामाजिक विभाजनहरू देखा पर्न सक्छ। जसले खोप लगाएका छन्  उनीहरू दैनिक जीवनमा फर्कन सक्दछन्। जबकि जो खोपबाट वञ्चित छन् उनीहरूलाई बाहिरै  छोडिनेछ।

त्यसो भए कोरोना भाइरसबाट सङ्क्रमित भएर निको भएका र शरीरमा पर्याप्त मात्रामा एन्टिबडीहरू विकास भएका मानिसहरूले यस्ता स्थानमा प्रवेश पाउँछन् कि पाउँदैनन्?

अस्ट्रेलियाको मेलबर्नस्थित युनिभर्सिटीले गरेको एउटा नयाँ अध्ययनले देखेको छ कि सङ्क्रमणबाट उत्पन्न प्रतिरोधात्मक क्षमतामा असाधारण दिगोपना हुनेछ। त्यस्ता मानिसहरूमा खोप लगाएकाहरू भन्दा बलियो र दिगो कोरोना भाइरस प्रतिरोधात्मक क्षमता हुन्छ भने उनीहरूले किन खोप लगाएकाहरू जस्तै समान स्थिति प्राप्त गर्न सक्दैनन् ?

प्रतिक्रिया दिनुहोस