aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

१२ वर्षिय बालक मृत अवस्थामा फेला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ असार २०७६
१२ वर्षिय बालक मृत अवस्थामा फेला

बारा  । बारा जिल्लाको निजगढ नगरपालिकामा एक बालकको शव फेला परेको छ । गत शनिबार निजगढबाटै सम्पर्क विहीन भएका १२ वर्षिय बालक सोमवार बिहान मृत अवस्थामा फेला परका हुन् ।

निजगढ नगरपालिका वडा नं.१२ कुलिया घर भई हाल वडा नं.८ खयरघारीमा डेरा गरि बस्दै आएका शंकर घिमिरेका छोरा सविन घिमिरे शनिवार दिउँसो करिब २ः३० बजेबाट सम्पर्क बिहीन थिए ।

साईकल लिएर घरबाट बाहिर निस्केका उनी सम्पर्कमा नआएपछी परिवारले प्रहरीलाई खबर गरेको थियो । उनै बालकको शव घरबाट करिब आठ सय मिटर पर रहेको बकैया खोलामा फेला परेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक बिक्रम लामाका अनुसार दिउसो केही स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । 

भित्री बस्त्रमा मात्रै फेला परेको सबिनको शव आजै पोष्टमार्टमका लागि रौतहटको चन्द्रनिगाहपुर अस्पताल पठाईएको र मृत्युको कारण पोष्टमार्टम पछी मात्रै खुल्ने जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ ।

प्रतिक्रिया दिनुहोस