aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

जेठ ३१ सम्म लकडाउन, सरकारी, सार्वजनिक संस्थान र बैंकका लागि नयाँ  नियम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ जेठ २०७८
जेठ ३१ सम्म लकडाउन, सरकारी, सार्वजनिक संस्थान र बैंकका लागि नयाँ  नियम

काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटा जिल्लामा जेठ ३१ सम्म लकडाउन थपिएको  छ । काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । २१ गतेदेखि उपत्यकामा केहि खुकुलो बनाएको ललितपुरका जिल्ला प्रमुख ढुण्डीराज निरौलाले बताए । उपत्यकामा वैशाख १६ बाट जारी  निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको उपत्यकाको निषेधाज्ञालाई केहि खुकुलो बनाउँदै लगिएको उनले बताए । 

 सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाहरु, इन्टरनेट प्रदायक संस्थाका कर्मचारीहरुको आवत जावतका लागि सम्बन्धी मन्त्रालयको पासका आधारमा आवतजावतको व्यबस्था मिलाइने जनाइएको छ ।  त्यस्तै , खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ । 

 अब किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकार निरौलाले बताए । बुधबार भएको बैठकमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली,भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस