aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

संसदको भर्चुअल बैठकमा सांसद नाङ्गै देखिएपछि...

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ जेठ २०७८
संसदको भर्चुअल बैठकमा सांसद नाङ्गै देखिएपछि...

एजेन्सी। क्यानडाका एक सांसद त्यहाँको संसद्को भर्चुअल बैठक चलिरहेको बेला पिसाब फेरिरहेको दृश्यको स्क्रिनशटहरू अहिले भाइरल भएको छ।  त्यसपछि क्युबेकको पोन्टियाकका लिबरल सांसद विलियम आमोसले बिहीबार बिहान आफ्नो त्यो हर्कतबारे वक्तव्य नै बयान जारी गरेका छन्। 

उनले जारी गरेको बक्तब्यमा भनिएको छ, 'हिजो राती, हाउस अफ कमन्सको बैठकमा भाग लिंदा जब म क्यामेरामा छु भन्ने महसुस नगरी मैले पिसाब गरें त्यो बेला म गैर सार्वजनिक सेटिंगमा थिएँ। म मेरो कार्यहरू र त्यसले त्यो देख्ने अन्य सदस्यलाई अप्ठ्यारो पारेकोमा लज्जित छु।'

उनले अगाडी लेखेका छन्, ' त्यो दुर्घटनात्मक भलै सार्वजनिक दृश्यात्मक थिएन तथापी यो पूर्ण रूपमा अस्वीकार्य थियो र म त्यसको लागि माफी चाहान्छु। म संसदीय सचिवको रूपमा रहेको मेरो भूमिका र मेरो समितिको जिम्मेवारीबाट अस्थायी रूपमा अलग हुनेछु।' उनले आफ्नो निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्न  र संसदमा उनीहरूको आवाज उठाउन भने नछोड्ने बताएका छन्। 

४६ वर्षीय आमोस भर्चुअल बैठकको क्रममा नाङ्गै समातिएको यो पहिलो घटना होइन। गएको अप्रिलमा पनि उनी गल्तिले एक वर्कआउट पछि कपडा परिवर्तनगर्ने क्रममा भिडियो रेकर्डमा परेका थिए। त्यसबेला उनले "स्पष्ट छ, यो  गल्ती थियो र यो फेरि हुनेछैन" भनेका थिए। तर, फेरी उनैको यस्तो तस्विर बाहिरिएको छ। 

यस्तो घटना पछिल्ला दिनमा धेरै नै बढ्दै गएका छन्। व्यावसायिक बैठकहरू देखि अनलाइन कक्षामा यस्तै दृश्यहरुका कारण अन्य सहभागीलाई धेरै नै अप्ठ्यारो पर्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस