aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बस र ट्रक ठोक्किँदा, १ को मृत्यु, १५ घाइते (घाइतेहरुको नामसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ असार २०७६
बस र ट्रक ठोक्किँदा, १ को मृत्यु, १५ घाइते (घाइतेहरुको नामसहित)

कपिलबस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ चौवन्नपुरमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृतकको सनाखत भैनसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन्  । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ६२६८ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको म १ ख ८२८ नम्बरको बस आपसमा ठोक्किएका थिए ।  दुर्घटनामा ३० बर्षीय पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यकलय कपिलवस्तुका अनुसार दुर्घटनामा १४ जना घाइते छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइतेको विवरण

–कञ्चनपुर घर भएको ४२ बर्षीय गुण्डाराज भारती

–कञ्चनपुर भिमदत्त नगरपालिका ७ बस्ने ६६ बर्षीय भिमबहादुर कुँवर

–कञ्चनपुरकै २७ बर्षीय सह चालक चन्द्रबहादुर सुनार

–कञ्चनपुरका ३६ बर्षीय गणेशदत्त जोशी

–कञ्चनपुरका ४० बर्षीय नरेन्द्र खत्री

–कञ्चनपुर गोदावरी नगरपालिका २ का ३५ बर्षीय गंगा सिंह

–कैलाली धनगढी उपमहानगरपालिका ६ बस्ने ३० बर्षीय हेमराम तिमिल्सिना

–स्याङ्जा गल्याङ नगरपालिका ४ बस्ने ४० बर्षीय खेमराज न्यौपाने

–पाल्पा तानसेन नपा १ का ३५ बर्षीय माधव गौतम

–डडेलधुरा अमरगडी नपा २ बस्ने २५ बर्षीय श्याम कठायत

–दैलेख बिन्द्रासैनी नपा ८ बस्ने २४ बर्षीय पदम रिजाल

–बर्दियाका ४० बर्षीय सुन्दरकली चौधरी

–दाङ लमही नगरपालिका ६ का २० बर्षीय प्रकाश ढुङगाना

–ट्रकको सह–चालक कञ्चनपुर गोदावरी नपा २ का २८ बर्षीय सुरेन्द्र बिक

 

प्रतिक्रिया दिनुहोस