aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन जेठ २१ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ जेठ २०७८
सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन जेठ २१ गते

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन यही जेठ २१ गतेदेखि आह्वान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले जेठ २१ गते अपराह्न ३ बजे बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको बैठकपछि आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिए ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम सँगसँगै सत्तापक्षीय दलमा उत्पन्न आन्तरिक किचलोका कारण बजेट अधिवेशन ढिलो गरी शुरु हुन लागेको हो । सत्तापक्षीय दलमा उत्पन्न आन्तरिक विवादकै बीच मुख्यमन्त्री त्रिलोचन भट्टले केही दिनअघि मात्र मन्त्रिमण्डल पुनर्गठन गरेकन थिए ।
 
मन्त्रिपरिषद्को बैठकले डोटीमा केही दिनअघि भएको आगलागीको घटनामा घाइते भएका आमा छोरीको उपचारका लागि रु दुई लाख दिने निर्णय समेत गरेको छ । यसैगरी बैठकले प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानून मन्त्रीलाई तोकेको छ ।

प्रतिक्रिया दिनुहोस